बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ट्रकबाट चोरियो मानव टाउको राखिएको बाकस

सोमबार, २३ फागुन २०७८, १५ : ३०
सोमबार, २३ फागुन २०७८

यसैसाता एउटा चोरहरूको एउटा समूले डेनभारमा सामानले भरिएको ट्रकबाट मानव टाउकोको कंकाल चोरेको छ । डेनभर प्रहरी विभागले सार्वजनिक गरेको विज्ञप्तिअनुसार एउटा ट्रक पूर्वी डेनभरमा रोकेर राखिएको र त्यहाँबाट मानव टाउको राखिएको बाकस चोरी भएको हो । प्रहरीले जारी गरेको विज्ञप्तिमा बुधबार दिउँसो २ः३० बजेदेखि २ मार्चको ९ः ३० बजेभित्र कसैले ट्रकमा सामान राखिएको ठाउँ फुटाएको उल्लेख छ ।

‘अपरिचित व्यक्तिले एक समूहले डली र एउटा मानिसको शरीरको अंगको लेबल लगाइएको बाकस चोरेको छ । उक्त बाकसमा मानव टाउकोको कंकाल राखिएको थियो, जुन चिकित्सा अनुसन्धानका लागि प्रयोग गरिन्छ ।’ बाकसमा साइन्स केयर लेबल पनि भएको केडीभीआरको रिपोर्टमा उल्लेख छ । साइन्स केयर भनेको एक किसिमको कार्यक्रम हो, जसले अनुसन्धानका लागि शरीरहरु दान गर्ने गर्छ ।

हालसम्म चोरीमा संलग्न कसैलाई पनि पक्राउ गर्न नसकिएको प्रहरीले जनाएको छ । यो घटनाबारे थप अनुसन्धान भैरहेको डेनभर प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप