बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

चुनावी अभियानका लागि काँग्रेसले तोक्यो ७७ जिल्लामा कमान्डर (सूचीसहित)

मङ्गलबार, २४ फागुन २०७८, २२ : ०१
मङ्गलबार, २४ फागुन २०७८

नेपाली काँग्रेसले चुनावी अभियानका लागि नेताहरुको जिम्मेवारी तोकेको छ । मंगलबार बसेको काँग्रेस बैठकले आगामी वैशाखमा हुने स्थानीय तह चुनावमा पार्टीलाई जिताउन नेताहरुको जिम्मेवारी तोकेको हो ।

काँग्रेसले ७७ जिल्ला हेर्ने गरी नेताहरुलाई जिम्मेवारी दिएको छ । निर्वाचनमा काँग्रेसलाई जिताउन भन्दै काँग्रेसले एक महिना  “गाउँ गाउँमा काँग्रेस” अभियान चलाउँदै छ । अभियान यही फागुन २९ देखि चैत २९ गतेसम्म चल्ने काँग्रेसले जनाएको छ ।  

काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिका सदस्य र जनप्रतिनिधिलाई भने चुनावी अभियानमा खटाएको छैन । विश्वप्रकाश शर्माले भने, ‘कार्यसम्पादन समितिका सदस्यहरु पनि विभिन्न कार्यक्रममा जान्नुहुन्छ । तर प्रतिनिधि भएर केन्द्रीय सदस्यलाई मात्र खटाइएको छ ।’ 

उनले अगाडि भने, ‘केन्द्रीय सदस्यमा पनि जो कार्यसम्पादन समितिका सदस्य, सांसद  र स्थानीय तहको प्रमुख उपप्रमुख हुनुहुन्छ । उहाँहरुलाई प्रतिनिधिका रुपमा खटाइएको छैन ।’ केन्द्रीय सदस्यहरु विराटनगर महानगरपालिका मेयर भीम पराजुली, धनगढी उपमहानगरपालिका मेयर नृप वड, उप मेयर सुशीला भट्ट मिश्र लगायतलाई प्रतिनिधिको रुपमा खटाइएको छैन ।​

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप