चुनावी अभियानका लागि काँग्रेसले तोक्यो ७७ जिल्लामा कमान्डर (सूचीसहित)
नेपाली काँग्रेसले चुनावी अभियानका लागि नेताहरुको जिम्मेवारी तोकेको छ । मंगलबार बसेको काँग्रेस बैठकले आगामी वैशाखमा हुने स्थानीय तह चुनावमा पार्टीलाई जिताउन नेताहरुको जिम्मेवारी तोकेको हो ।
काँग्रेसले ७७ जिल्ला हेर्ने गरी नेताहरुलाई जिम्मेवारी दिएको छ । निर्वाचनमा काँग्रेसलाई जिताउन भन्दै काँग्रेसले एक महिना “गाउँ गाउँमा काँग्रेस” अभियान चलाउँदै छ । अभियान यही फागुन २९ देखि चैत २९ गतेसम्म चल्ने काँग्रेसले जनाएको छ ।
काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिका सदस्य र जनप्रतिनिधिलाई भने चुनावी अभियानमा खटाएको छैन । विश्वप्रकाश शर्माले भने, ‘कार्यसम्पादन समितिका सदस्यहरु पनि विभिन्न कार्यक्रममा जान्नुहुन्छ । तर प्रतिनिधि भएर केन्द्रीय सदस्यलाई मात्र खटाइएको छ ।’
उनले अगाडि भने, ‘केन्द्रीय सदस्यमा पनि जो कार्यसम्पादन समितिका सदस्य, सांसद र स्थानीय तहको प्रमुख उपप्रमुख हुनुहुन्छ । उहाँहरुलाई प्रतिनिधिका रुपमा खटाइएको छैन ।’ केन्द्रीय सदस्यहरु विराटनगर महानगरपालिका मेयर भीम पराजुली, धनगढी उपमहानगरपालिका मेयर नृप वड, उप मेयर सुशीला भट्ट मिश्र लगायतलाई प्रतिनिधिको रुपमा खटाइएको छैन ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण