मेलम्ची बाढी प्रभावित क्षेत्र संरक्षणका लागि चार करोड
गत असार १ र साउन १६ गते आएको मेलम्ची र इन्द्रावती बाढीबाट प्रभावित क्षेत्रको संरक्षणका लागि बागमती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले पहिलो चरणमा रु चार करोड रकम विनियोजन गरेको छ । भू तथा जलाधार संरक्षण कार्यक्रमअन्तर्गत मन्त्रालयले ३१ योजनासहित तत्काल रु चार करोड रकम स्वीकृत गरेको हो । पाँचपोखरी, हेलम्बुबाट ढाँडखोलासम्म ३१ योजनाका लागि रु चार करोड तत्काललाई विनियोजन गरे पनि बाँकी रु सात करोड रकम पनि यही आर्थिक वर्ष २०७८÷७९ मा स्वीकृत भई कार्यान्वयनमा आउने प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य युवराज दुलालले बताए ।
प्रदेशसभा सदस्य दुलालको पहलमा बाढीबाट प्रभावित क्षेत्रको संरक्षणका लागि सरकारले बजेट विनियोजन गरेको हो । मेलम्ची र इन्द्रावती नदी नियन्त्रण तथा बस्ती संरक्षणका लागि पहिलो चरणमा पाँचपोखरी, हेलम्बुबाट ढाँडखोलासम्म योजना मुताविक विनियोजित रकमबाट काम हुने दुलालको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशकै पहिलो केएफसी वीरगञ्जमा
-
ललितपुरमा आगलागीमा परेका दुईजना बालिकाको मृत्यु
-
सिधा कुरा प्रकरण : सर्वोच्चले माग्यो अडियोमा नाम उल्लेख भएकाहरूको लिखित जवाफ
-
सत्ता गठबन्धन छाड्न माधवलाई आफ्नै सांसदहरूको दबाब
-
आगोले जलेर आमा छोराको मृत्यु
-
उपत्यकालाई स्वच्छ, सफा, सुन्दर हराभरा बनाउन राष्ट्रपतिको आग्रह