मेलम्ची बाढी प्रभावित क्षेत्र संरक्षणका लागि चार करोड
गत असार १ र साउन १६ गते आएको मेलम्ची र इन्द्रावती बाढीबाट प्रभावित क्षेत्रको संरक्षणका लागि बागमती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले पहिलो चरणमा रु चार करोड रकम विनियोजन गरेको छ । भू तथा जलाधार संरक्षण कार्यक्रमअन्तर्गत मन्त्रालयले ३१ योजनासहित तत्काल रु चार करोड रकम स्वीकृत गरेको हो । पाँचपोखरी, हेलम्बुबाट ढाँडखोलासम्म ३१ योजनाका लागि रु चार करोड तत्काललाई विनियोजन गरे पनि बाँकी रु सात करोड रकम पनि यही आर्थिक वर्ष २०७८÷७९ मा स्वीकृत भई कार्यान्वयनमा आउने प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य युवराज दुलालले बताए ।
प्रदेशसभा सदस्य दुलालको पहलमा बाढीबाट प्रभावित क्षेत्रको संरक्षणका लागि सरकारले बजेट विनियोजन गरेको हो । मेलम्ची र इन्द्रावती नदी नियन्त्रण तथा बस्ती संरक्षणका लागि पहिलो चरणमा पाँचपोखरी, हेलम्बुबाट ढाँडखोलासम्म योजना मुताविक विनियोजित रकमबाट काम हुने दुलालको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण