प्रधानमन्त्री देउवा पुगे पर्सा
बिहीबार, २६ फागुन २०७८, ११ : ५८
प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा पर्सा पुगेको छन् । पर्सा जिल्ला कार्यसमितिको नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण समारोहका लागि देउवा पर्सा पुगेका हुन् । फागुन २० गते भएको जिल्ला अधिवेशनबाट जनार्दनसिंह क्षेत्री सभापतिमा निर्वाचित भएका थिए ।

यस्तै उपसभापतिमा रामनारायणप्रसाद कुर्मी र अशोककुमार गुप्ता विजयी भएका थिए भने सचिवमा इम्तियाज आलम र दिनेशकुमार चौधरी विजयी भएका थिए । सह–सचिवमा नविन सिंह र मदन राउत अहिर निर्वाचित भएका थिए । देउवाले आज एक कार्यक्रमका बीच पर्सा नै पुगेर उनीहरुलाई प्रमाणपत्र प्रदान गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण