स्थानीय निर्वाचनमा काँग्रेस बाहेकको गठबन्धन बन्नसक्छ : नेता तुलाधर
नेकपा (एकीकृत समाजवादी) का नेता गंगालाल तुलाधरले आगामी स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस बाहेकको गठबन्धन बन्नसक्ने बताएका छन् । बिहीबार केन्द्रीय कमिटीको तेस्रो बैठकका बारेमा जानकारी गराउँदै नेता तुलाधरले यस्तो बताएका हुन् ।
उनले गठबन्धनमा काँग्रेस सहभागी नभए काँग्रेस स्वयंलाई घाटा हुने बताए । नेता तुलाधरले स्थानीय तहको निर्वाचनमा काँग्रेस गठबन्धनबाट छुट्टिने दोस्रो तहका नेताहरुको भनाइ सस्तो लोकप्रियताका लागि मात्रै भएको बताए । उनले चर्को नारा र अर्काको आलोचना गर्दा भोट पाइन्छ भन्ने मनोविज्ञानबाट ग्रसित केही नेताहरुले आगामी निर्वाचनमा आफ्नो पल्लाभारी गर्नको लागि काँग्रेस गठबन्धन गरेर नजाने भनिरहेको आरोप लगाए ।
उनले सभापति एवं शीर्ष नेताहरु गठबन्धनसहित निर्वाचनमा जाने पक्षमा रहेको बताए । नेता तुलाधरले गठबन्धन पाँच दललाई नै आवश्यक रहेकोले स्थानीय तीनै तहको चुनावमा गठबन्धनका लागि प्रयत्न गर्न आवश्यक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्ने एक जना व्यक्ति पक्राउ
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण