महेश बाबु अब बलिउडमा
निर्देशक एसएस राजामौलीले पछिल्लो समय फिल्म ‘आरआरआर’ प्रदर्शनमा व्यस्त छन् । कोरोनाभाइरसको महामारीका कारण पटक पटक डेट सारिएको फिल्म अन्ततः यही मार्चमा प्रदर्शन हुँदै छ । यसैले गर्दा पनि उनको व्यस्तता बढेको छ । निर्देशक राजमौलीसँगै जुनियर एनटिआर र राम चरणको अभिनय रहेकाले पनि फिल्म प्रतिक्षित छ । यसपछि निर्देशक राजामौलीले के गर्नेछन् त ? यो जिज्ञाषा दर्शकसँगै फिल्मकर्मी माझ पनि उत्तिकै छ ।
’आरआरआर’ प्रमोसनकै क्रममा उनले अब के गर्दै ?भन्ने प्रश्नको सामना गरिरहेका छन् । यसैबीच उनले साउथका अर्का स्टार महेश बाबुसँग काम गर्न लागेको चर्चा बढेको छ । यसै फिल्ममार्फत महेश बाबुको बलिउड इन्ट्री हुने चर्चा समेत बढेको छ । प्रभास पश्चात बलिउड प्रवेश गर्ने लिस्टमा महेश बाबु रहेको चर्चा बि(टाउनमा छ ।
अल्लु अर्जुन, यश, रवि तेजा लगायतको फिल्म हिन्दीमा डबिङ भएर प्रदर्शन भइरहेको छ । प्रभासले ’साहो’ हिन्दीमै तयार गरेका थिए । साउथ इन्डियन फिल्महरू मार्फत बलिउडका दर्शकमाझ पनि राम्रो फ्यान फलोईङ बनाएका महेश बाबुको निर्माण समेत फिल्ममा रहनेछ । ‘बिग बजेट’ फिल्म ऐतिहासिक कथावस्तुमा आधुनिक विषयवस्तुमा केन्द्रीत रहने चर्चा समेत बढेको छ । निर्देशक राजामौली र महेश बाबुले यसबारेमा औपचारिक जानकारी भने दिएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण