लसुन खानुका फाइदाहरू
लसुनलाई औषधीको रूपमा प्रयोग गर्दा काँचो खानु बढी फाइदाजनक हुन्छ । यसलाई अचारमा राखेर वा त्यतिकै खान सकिन्छ । लसुनले रुघाखोकीविरुद्ध लड्न मात्र मद्दत गर्दैन, यसले पुरुषको हर्मोन पनि बढाउँछ ।
लसुनमा एलिकिन भनिने औषधीय तत्त्व पाइन्छ र यो एन्टिब्याक्टेरियल, एन्टिभाइरल, एन्टिफंगल र एन्टिअक्सिडेन्टले भरिएको हुन्छ। यसैगरी, लसुनमा म्याङ्गनीज क्याल्सियम, तामा, सेलेनियम पनि प्रशस्त पाइन्छ । यसमा भिटामिन बी१, बी६ र सी पनि पाइन्छ ।
४ ग्राम अर्थात् एकदेखि दुई वटा केस्रा लसुन मात्र एक दिनमा खानुपर्छ । त्यसैगरी, तरकारीमा ५ देखि ७ वटा मात्र केस्रा हाल्नुपर्छ । धेरै लसुन खानु पनि स्वास्थ्यका लागि राम्रो होइन । यसले नकारात्मक असर पनि पुर्याउन सक्छ ।
जान्नुहोस् लसुन खानुका फाइदाहरूः
–यसले शारीरिक कमजोरी हटाउन मद्दत गर्छ ।
– सबै प्रकारका सङ्क्रमणहरू विरुद्ध लड्न यो प्रभावकारी हुन्छ।
– पेटको समस्या पनि हट्छ ।
– यसले कोलेस्ट्रोल नियन्त्रण गर्न मद्दत गर्छ।
– शरीर डिटक्सिफाई गर्न मद्दत गर्दछ ।
– पुरुषको शक्ति बढाउँछ र टेस्टोस्टेरोन हर्मोनको मात्रा पनि बढाउँछ ।
– यसले तौल घटाउन पनि मद्दत गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण