शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

लसुन खानुका फाइदाहरू

शुक्रबार, २७ फागुन २०७८, १२ : २७
शुक्रबार, २७ फागुन २०७८

लसुनलाई औषधीको रूपमा प्रयोग गर्दा काँचो खानु बढी फाइदाजनक हुन्छ ।  यसलाई अचारमा राखेर वा त्यतिकै खान सकिन्छ । लसुनले रुघाखोकीविरुद्ध लड्न मात्र मद्दत गर्दैन, यसले पुरुषको हर्मोन पनि बढाउँछ ।

लसुनमा एलिकिन भनिने औषधीय तत्त्व पाइन्छ र यो एन्टिब्याक्टेरियल, एन्टिभाइरल, एन्टिफंगल र एन्टिअक्सिडेन्टले भरिएको हुन्छ। यसैगरी, लसुनमा म्याङ्गनीज क्याल्सियम, तामा, सेलेनियम पनि प्रशस्त पाइन्छ । यसमा भिटामिन बी१, बी६ र सी पनि पाइन्छ ।

४ ग्राम अर्थात् एकदेखि दुई वटा केस्रा लसुन मात्र एक दिनमा खानुपर्छ । त्यसैगरी, तरकारीमा ५ देखि ७ वटा मात्र केस्रा हाल्नुपर्छ । धेरै लसुन खानु पनि स्वास्थ्यका लागि राम्रो होइन । यसले नकारात्मक असर पनि पुर्‍याउन सक्छ ।

जान्नुहोस् लसुन खानुका फाइदाहरूः

–यसले शारीरिक कमजोरी हटाउन मद्दत गर्छ ।

– सबै प्रकारका सङ्क्रमणहरू विरुद्ध लड्न यो प्रभावकारी हुन्छ।

– पेटको समस्या पनि हट्छ ।

– यसले कोलेस्ट्रोल नियन्त्रण गर्न मद्दत गर्छ।

– शरीर डिटक्सिफाई गर्न मद्दत गर्दछ ।

– पुरुषको शक्ति बढाउँछ र टेस्टोस्टेरोन हर्मोनको मात्रा पनि बढाउँछ ।

– यसले तौल घटाउन पनि मद्दत गर्छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप