शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

२४ घण्टामा ७७ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

शुक्रबार, २७ फागुन २०७८, १५ : १४
शुक्रबार, २७ फागुन २०७८

पछिल्लो २४ घण्टामा ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७९८१ जनामा गरिएको नमूना परीक्षणमा ७७ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा  १ जना संक्रमितको मृत्यु भएको छ भने १८९ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।

२४ घण्टामा १ लाख २६ हजार १ सय ९६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् भने अहिले देशभर सक्रिय संक्रमितहरुको संख्या ५२१२ रहेको मन्त्रालयले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप