सकियो फिल्म निर्माण कार्यशाला
चलचित्र निर्देशक समाजले आयोजना गरेको आधारभूत फिल्म निर्माण कार्यशाला शनिबार सकिएको छ । चलचित्रकर्मी महासंघ प्रदेश १ र चलचित्र विकास बोर्डसँगको सहकार्यमा धरानको हरियाली सामुदायिक वनको सभा हलमा ५ दिनसम्म चलेको कार्यशालामा लेखनदेखि बजारीकरणसम्मका बिषयमा कक्षा सञ्चालन भएका थिए ।
चलचित्र निर्देशक समाजका महासचिव जनकदीप पराजुलीले यसअघि बाराको निजगढमा गरेको कार्यक्रम बाँकी प्रदेशमा पनि विस्तार गर्ने लक्ष्य अनुरुप धरानमा कार्यशालाको आयोजना गरेको बताए । चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले मोफसलका फिल्म र फिल्मकर्मीको अस्तित्व दरिलो बनाउने अभिप्रायले कार्यशालाको आयोजना गरिएको बताए ।
‘मोफसलबाट पनि भविष्यका फिल्मकर्मी तयार गर्ने हाम्रो मुख्य लक्ष्य हो । सीप अभिवृद्धिका कार्यक्रम गर्दा फिल्म साक्षरता बढ्ने र यसले समग्र मनोरञ्जन क्षेत्रमा प्रभाव पार्ने देखेर कार्यशालाको सुरुवात गरेका हौँ’प्रधानले भने ।
महासचिव दिनेश कोइरालाले आगामी दिनमा पूर्वका पर्यटकीय स्थानलाई सुटिङ गन्तव्य बनाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे । अहिले गरेको कार्यशालाले पनि यो कामको सुरुवात गरेको पनि उनको भनाइ थियो ।
प्रशिक्षणमा प्रदेश १ का १४ जिल्लाका ५० बढी प्रशिक्षार्थीको सहभागिता रहेको थियो । प्रशिक्षणमा नीर शाह, युवराज लामा, प्रकाश सायमी, दीपाश्री निरौला, रक्षा सिंह राणा, भोला सापकोटा, जनकदीप पराजुली, पुरुषोत्तम प्रधान, सामीप्य तिमल्सिना लगायतले विविध विषयमा प्रशिक्षण दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण