सुनापति गाउँपालिकाको ५ नम्बर वडाले अब आफ्नै भवनबाट सेवा दिने
रामेछापको सुनापति गाउँपालिका वडा नम्बर–५ ले आफ्नै भवन निर्माण गरेको छ । शनिवार प्रतिनिधिसभा सदस्य श्याम कुमार श्रेष्ठ ‘कुशल’ले सो वडाको नवनिर्मीत भवन उद्घाटन गरेका छन् ।
भवन उद्घाटनसँगै आफ्नै भवनबाट काम शुरु गरिएको सुनापती–५ का वडा अध्यक्ष ठुलोकान्छा तामाङले रातोपाटीलाई बताए । वडा कार्यालय उद्घाटन कार्यक्रममा नेकपा माओवादी केन्द्र रामेछापका संयोजक मैनकुमार मोक्तानले संघीयता, समानुपातिकता र समावेशिताको लागि पहिलो लडाई लडेको बताए ।
सुनापति गाउँपालिकाकी उपाध्यक्ष गिता विष्टले स्थानीय निकायमा निर्वाचित भएपछिका ५ वर्षमा आफूहरुले जनमतलाई कदर गरेको दाबी गरिन् । उद्घाटन कार्यक्रममा प्रतिनिधीसभामा सदस्य श्याम कुमार श्रेष्ठ, सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामा, माओवादी केन्द्रका बागमती प्रदेश कमिटी सदस्य पेमा लामा, नेपाली कांग्रेसका प्रतिनिधी गंगाराज लामा र एमालेका बागमती प्रदेश सदस्य रामकृष्ण लामा लगायतले शुभकामना दिएका थिए ।
भवन उद्घाटन कार्यक्रममा स्थानि जातजातीको पहिचान झल्कने झाँकी र सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केन्द्रीय बैंकको तथ्याङ्कले देखाएको अर्थतन्त्रको ५ चित्र
-
फिफा विश्वकप २०२६ का १० ‘कन्ट्रोभर्सी’ : रोनाल्डोदेखि डोनाल्ड ट्रम्पसम्म तानिए विवादमा
-
सर्वोच्चको झट्काले पनि चेतेन पर्यटन मन्त्रालय, नयाँ नियुक्तिमा फेरि चलखेल
-
यसरी खानुस् चिया सिड
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
संसद्ले लोकतान्त्रिक बाटो बिराउँदैछ : सांसद कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण