बजेट अधिवेशनमा प्रदेशले नाम पाउँछ : मन्त्री कार्की
प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले प्रदेशको आउने बजेट अधिवेशनपछि प्रदेशको नाम टुंग्याउने बताएका छन् । प्रदेश १ सभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री कार्कीले प्रदेशको नामकरणको सवालमा अघिल्लो दुई तिहाइको सरकारले ४ वर्षमा गर्न नसकेको काम अहिलेको सरकारले ४ महिनामै गरेको बताए ।
‘दुई तिहाइको सरकार हुँदा एक पनि छलफल भएन । तर, यो सरकार बनेको ४ महिनामै हामीले नामकरणका सवालमा माननीय स्वास्थ्यमन्त्री जयराम यादवको संयोजकत्वमा समिति बनाएका छौँ,उनले भने, समिति मात्रै नभएर सरकारले सर्वदलीय बैठक बोलाएर नामकरण गर्न पहल सुरु गरेको छ । यो अधिवेशनमा नभएपनि आउने बजेट अधिवेशनमा प्रदेशको नामकरण आउँछ ।’
नाम राख्न एमालेको पनि साथ चाहिने भन्दै उनले सबैको सहमति मै बहुल जनताको भावना समेटिने गरिको नाम सभामा आउने बताए । सदनमा सांसदले हरेक विषय उठान गर्न पाउने भन्दै उनले सरकारले जनताको भावनाअनुसारको काम गरिरहेको बताए ।
उनले भने, ‘हामी गठबन्धन दलहरू भित्र छौँ, पार्टीबीच वैचारिक मत भिन्नता होलान् तर पनि हामी जनताका माग गरेका कुरा सम्बोधन गर्नका लागि एकमत छौँ ।’
रातो किताब बाहिर गएर सरकारले कुनै निर्णय नगर्ने उल्लेख गर्दै उनले कतिपय योजना काटिए भनेर भन्नु औचित्यहीन भएको बताए । ‘माननीयज्यूले सोलुमा रेडक्रस भवनको बनाउने योजना किन काटियो भन्नुभएछ । रातो किताबमा धेरै पटक खोजेँ भेटिन, भेटियो भने ल्याउनु होला बजेट काटिन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण