सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

एनआइसी एशिया बैंकले ल्यायो ‘सर्वश्रेष्ठ तलब खाता’

उत्कृष्ट ब्याजसँगै सर्वश्रेष्ठ बीमा, कर्जा एवम्‌ १८ फाइदाहरू ५ वर्षका लागि निःशुल्क
आइतबार, २९ फागुन २०७८, २१ : ५६
आइतबार, २९ फागुन २०७८

विभिन्न संस्थाहरूले कर्मचारीको नाममा एनआइसी एशिया बैंकमा ‘सर्वश्रेष्ठ तलब बचत खाता’ खोल्दा बीमा, कर्जा लगायतका २४ सर्वश्रेष्ठ फाइदाहरू हात पार्न सक्ने भएका छन् । बैंकिङ क्षेत्रमा रहेका तलब खाताहरूमध्ये यो अझ उत्कृष्ट सेवा/फाइदाहरू सहितको अतुलनीय तलब बचत खाता रहेको बैंकले दाबी गरेको छ ।

यो खाता आम ग्राहकको हितका लागी ल्याएको बैंकले जनाएको छ । आकर्षक ब्याजदरसहित तलब अर्थात ‘तलब’ खातामा दिएको अफरले संस्था र कर्मचारी दुवैलाई एउटा सुनौलो अवसर प्रदान गर्ने बैंकले जानकारी दिएको छ ।

सर्वश्रेष्ठ तलब खाता ‘द गुडविल एम्बेसडर’, ‘द प्राइड अफ एनआइसी एशिया बैंक’ र ‘द पार्टनर अफ एनआइसी एशिया बैंक’को नाममा न्यूनतम शून्य मौज्दातमा खोल्न सकिनेछ । उक्त तीन प्रकारको भेरियन्टहरूमा रहेर विविध प्रकारका संस्थाहरूले आ–आफ्नो विशिष्ट आवश्यकता अनुसार खाता खोल्न सकिने फाइदा बैंकले दिएको जनाएको हो । बैंकका अनुसार यसमा एउटा संस्थाको न्यूनतम १ देखि ५० भन्दा बढी कर्मचारीको नाममा समेत खाता खोल्न सकिनेछ । संस्थाको कर्मचारी संख्या र कतिसम्मको फाइदा आवश्यक छ भन्ने आधारमा रहेर उक्त ३ प्रकार मध्ये एक श्रेणीको खाता खोल्न सकिने जनाइएको छ ।

सर्वश्रेष्ठ तलब बचत खाताबारे बैंकले गरेको यो सुनौलो अफर एनआइसी एशिया बैंक र आवद्ध हुने संस्थाबीच पारस्परिक अनुकुलतामा आधारित विशिष्ट व्यवसायिक सम्बन्ध स्थापना गर्न सहयोग गर्ने भएकाले सर्वहितका लागि यो प्रडक्ट ल्याएको बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले बताए । हाल बैंकिङ उद्योगमा भएको तलब खातामध्ये पनि अझ उत्कृष्ट सेवा फाइदाहरू भएको अतुलनीय एवं विशिष्ट तलब खाता ग्राहकमाझ पस्केको उनको दाबी छ । न्यौपानेका अनुसार यसमा ३ प्रकारको सर्वश्रेष्ठ बीमा फाइदाहरू, ३ प्रकारको सर्वश्रेष्ठ कर्जा सम्बन्धी फाइदाहरू तथा १८ प्रकारको अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू रहेका छन् ।

‘आम ग्राहकको बैंकिङ आवश्यकतालाई गहन रूपमा अध्ययन विश्लेषण गरी सो आवश्यकताहरू परिपूर्ति गर्न, ग्राहकलाई असीमित बैंकिङ अनुभव प्रदान गर्न र ग्राहकको खुशी बढाउने उद्देश्यले बैंकले यस प्रडक्टमा थुप्रै प्रकारका विशेषताहरू थप गरेको छ,’ न्यौपानेले भने, ‘हामीले ग्राहकलाई प्रस्ताव गरेको सर्वश्रेष्ठ तलब खाता तीन भिन्न प्रकारको भेरियन्टमा उपलब्ध छ ।  जुन विविध प्रकारका संस्थाहरूको आ–आफ्नो विशिष्ट आवश्यकताहरू परिपूर्ति गर्नका लागि डिजाइन गरिएको हो ।’

यो खाताको मुख्य विशेषता घरजग्गा नभएकाले पनि लाखौं लाखसम्म कर्जा लिन पाउनेछन्‌ । आफूले रोजगारी गरेको संस्थाबाट निरन्तर तलब खातामा जम्मा भएको आधारमा गणना गरेर लाखौंसम्मको कर्जा लिन पाइने बैंकको दाबी छ । सर्वश्रेष्ठ बचत खाताको पूर्वस्वीकृत कर्जा अन्तर्गत आफ्नो बचत खाताको ३ महिनाको औषत मौज्दातको १० गुणासम्म व्यक्तिगत कर्जाको सुविधा ०.२५ प्रतिशत कर्जा प्रशासनिक शुल्क तथा बेस रेटमा थप १ प्रतिशत ब्याजदरमा कर्जा प्राप्त गर्न सकिनेछ । जसअनुसार ३ महिनाको बचत खाताको औषत मौज्दात रकममा यस किसिमको कर्जा उपलब्ध हुने व्यवस्था नेपालको बैंकिङ क्षेत्रमै नौलो एवं पहिलो पटक गरेको बैंकको दाबी छ।

उदाहरणको लागि यदि खातामा पछिल्लो तीन ३ महिनामा औषत १० लाख रुपैयाँ बचत जम्मा रहेको छ र १ करोड रुपैयाँ कर्जा लिन चाहेको खण्डमा पूर्व स्वीकृत कर्जा फाइदा अनुरुप तीन महिनाको औषत मौज्दातको १० गुणा बढी अर्थात् १ करोड कर्जा रकममा बेस रेटमा थप १ प्रतिशत ब्याजदर कायम गरी सो कर्जा रकम प्राप्त गर्न सकिने बैंकले जानकारी दिएको छ । यस अवस्थामा कर्जा प्रशासनिक शुल्क ०.२५ प्रतिशतमात्र लाग्ने व्यवस्था बैंकले गरेको छ ।

बैंकले उक्त खाता खोलेर कारोबार गर्नेलाई ५ वर्षसम्म निशुल्क डिजिटल एण्ड ट्रान्जेक्सन बैंकिङ फाइदा दिएको छ । डेबिट कार्ड, मोबाईल बैंकिङ र इन्टरनेट बैंकिङमा पाँच वर्षको लागि निःशुल्क कारोबार गर्न पाइने, ५ लाख रुपैयाँसम्म क्रेडिट कार्ड लिमिट पाइने, ग्राहकलाई क्रेडिट कार्डमा आबद्ध भएको र जारी भएको शुल्क नलाग्ने बैंकले जनाएको छ । पाँच वर्षसम्म निःशुल्क प्रिपेड डलर कार्ड प्रयोग गर्न सकिने, ५ वर्षसम्म ईकमर्श वार्षिक शुल्क नलाग्ने जस्तो आकर्षक फाइदा रहेका पनि बैंकको दाबी छ । साथै, ५ वर्षसम्म निःशुल्क सेवा दिनेअन्तर्गत चेक प्रोसेसिङ्ग, निःशुल्क आरटिजिएश, निःशुल्क आइपीएस तथा सिआइपीएस, लकर शुल्क, लकर मार्जिन, एटिएमबाट नगद झिकेको (स्वदेशी बैंक), एटिएमबाट मौज्दात जाँच गरेको (स्वदेशी बैंक) समेत निःशुल्क रहेका छन्‌ । साथै, ग्राहकलाई विदेशी मुद्रा सटही प्रिमियममा २५ पैसासम्म छुट दिइने बैंकले जनाएको छ । यसमा अमेरिकी, यूरो, क्यानेडियन, पाउण्ड स्ट्रलीङ र अष्ट्रेलीयन डलर सटही समेटिएको छ ।

यसैगरी, बैंकले प्रिभिलेज बैंकिङ अर्थात छिटोभन्दा छिटो सेवा प्रवाहको ग्यारेन्टी लिएको छ । सेवा प्रवाहको लागि तोकेको समयको ५० प्रतिशत समय भित्र सेवा प्रदान गर्नेमा बैंक प्रतिबद्ध रहेको जनाएको छ । यदि बैंकको निर्धारित सेवा प्रवाह समय भन्दा बढी समय सेवाको लागि प्रतीक्षा गर्नुपरेको अवस्थामा ग्राहकलाई बैंकले १० रुपैयाँका आधारमा क्षतिपूर्ति व्यहोर्ने बताएको छ । 

कुन खातामा कुनमा कति फाइदा ?

१. एनआइसी एशिया ‘द गुडविल एम्बेसडर’ सर्वश्रेष्ठ तलब बचत खाताको विशेषता :

-    न्यूनतम शुन्य मौज्दातमा वार्षिक ८.०३ प्रतिशत ब्याजमा खोल्न सकिने ।
-    खाता खोल्न आवश्यक कर्मचारी संख्या ५० वा सो भन्दा माथि
-    बीमा फाइदाहरू : यो प्रडक्ट लिएका खातावाला र खातावालाले तोकेको अतिरिक्त ३ जनाले बीमा फाइदा पाउनेछन । यो खाता खोलेको ५ वर्षसम्ममा निःशुल्क बीमा फाइदा उपलब्ध हुनेछ । जसमा ४० लाखसम्म दुर्घटना बीमा, ४० लाखसम्म घातक रोग बीमा ४ लाख रुपैयाँसम्म औषधि उपचार बीमा फाइदा छ । यसअन्तर्गत ओपीडीमा ८० हजार रुपैयाँ  र  हस्पिटलाइज्ड हुनुपरेमा ३ लाख २० हजार रुपैयाँसम्मको बीमाले व्यहोर्ने छ । 
-    सम्पत्ति अभिवृद्धि फाइदा : ५ वर्षको लागि निःशुल्क डीम्याट खाता र मेरो सेयर नि:शुल्क , पोर्टफोलियो म्यानेजमेन्ट सेवा शुल्क ५ वर्षको लागि ५० प्रतिशतसम्म छुट पाइने । 
-    कर्जा सम्बन्धित फाइदाहरू : पूर्व स्वीकृत कर्जा सीमा ३ महिनाको औषत मौज्दातको १० गुणासम्म पाइने । 
-    ५ वर्षसम्म निशुल्क डेबिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ आदि ।
-    प्रिभिलेज बैंकिङ 

२. ‘द प्राईड अफ एनआइसी एशिया बैंक’ सर्वश्रेष्ठ तलब बचत खाता :

-    न्यूनतम शुन्य मौज्दातमा वार्षिक ८.०३ प्रतिशत ब्याजमा खोल्न सकिने ।
-    खाता खोल्नको लागि आवश्यक कर्मचारी संख्या ५ देखि ४९
-    बीमा फाइदाहरूः यो प्रडक्ट लिएका खातावाला र खातावालाले तोकेको अतिरिक्त १ जनाले बीमा फाइदा पाउने छन । यो खाता खोलेको ५ वर्षसम्म निःशुल्क बीमा फाइदा उपलब्ध हुनेछ । जस्मा २० लाखसम्म दुर्घटना बीमा, २० लाखसम्म घातक रोग बीमा, २ लाखसम्म औषधि उपचार बीमा फाइदा छ । यसअन्तर्गत ओपीडीमा ४० हजार रुपैयाँ  र  हस्पिटलाइज्ड हुनुपरेमा १ लाख ६० हजारसम्मको बीमावापत भुक्तानी गरिन्छ । 
-    सम्पत्ति अभिवृद्धि फाइदा : ५ वर्षको लागि निःशुल्क डीम्याट खाता र मेरो सेयर नि:शुल्क  र पोर्टफोलियो म्यानेजमेन्ट सेवा शुल्क ५ वर्षको लागि ५० प्रतिशतसम्म छुट पाइने ।
-    कर्जा सम्बन्धित फाइदाहरू : पूर्व स्वीकृत कर्जा सीमा ३ महिनाको औषत मौज्दातको १० गुणासम्म पाइने । 
-    ५ वर्षसम्म निशुल्क डेबिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ आदि ।
-     प्रिभिलेज बैंकिङ 

३. ‘द पार्टनर अफ एनआइसी एशिया बैंक’ सर्वश्रेष्ठ तलब बचत खाता :

-    न्यूनतम शुन्य मौज्दातमा वार्षिक ८.०३ प्रतिशत ब्याजमा खोल्न सकिने ।
-    खाता खोल्नको लागि आवश्यक कर्मचारी संख्या ५ भन्दा मुननि (१ देखि ४)
-    बीमा फाइदाहरू : यो प्रडक्ट लिएका खातावालाले बीमा फाइदा पाउने छन । यो खाता खोलेको ५ वर्षसम्म निःशुल्क बीमा फाइदा उपलब्ध छ । जस्मा १० लाखसम्म दुर्घटना बीमा, १० लाखसम्म घातक रोग बीमा र १ लाखसम्म औषधि उपचार बीमा फाइदा छ । यसअन्तर्गत ओपीडीमा २० हजार रुपैयाँ  र  हस्पिटलाइज्ड हुनुपरेमा ८० हजारसम्मको बीमाले व्यहोर्नेछ । 
-    सम्पत्ति अभिवृद्धि फाइदा : ५ वर्षको लागि निःशुल्क डीम्याट खाता र मेरो सेयर नि शूः शुल्क र पोर्टफोलियो म्यानेजमेन्ट सेवा शुल्क ५ वर्षको लागि ५० प्रतिशतसम्म छुट पाइने ।  
-    कर्जा सम्बन्धित फाइदाहरू : पूर्व स्वीकृत कर्जा सीमा ३ महिनाको औषत मौज्दातको १० गुणासम्म पाइने ।
-    ५ वर्षसम्म निशुल्क डेबिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ आदि ।
-    प्रिभिलेज बैंकिङ 

विभिन्न व्यवसायिक संस्थामा यो प्रडक्टले ठूलो व्यवसायिक योगदान दिन सक्नेमा विश्वस्त रहेको बैंकले विश्वास जनाएको छ । विभिन्न संस्था र कर्मचारी संख्याको आधारमा प्रडक्ट छनौट गरी बैंकले दिएका फाइदा उपयोग गर्न बैंकले अनुरोध गरेको छ । यससँग सम्बन्धित रहेर प्रतिक्रिया दिन  र आम ग्राहकसँग दीर्घकालीन रूपमा बैंकिङ पार्टनरसीप भएर काम गर्न साथ दिने पनि अपेक्षा राखेको बैंकले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप