रुसले रासायनिक हतियार सञ्चालनको योजना बनाउन सक्छ : नेटो
सोमबार, ३० फागुन २०७८, १५ : ००
उत्तर एटलान्टिक सन्धि संगठन नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले जैविक हतियार प्रयोगशालाको झुट बहानामा रुसले रासायनिक हतियार सञ्चालनको योजना बनाउन सक्ने बताएका छन् । ‘पछिल्ला दिनमा हामीले रसायनिक र जैविक हतियार प्रयोगशालाबारे बेतुकका दाबी सुनेका छौं’, जर्मनीको एउटा पत्रिकालाई अन्तवार्तामा उनले भने ।
‘अहिले यी झूटा दाबी गरिएका छन् । हामी सतर्क हुनुपर्छ, किनकी रुस आफैंले यो बनावटी झूटअन्तर्गत रासायनिक हतियार सञ्चालनको योजना बनाउन सक्छ’ उनले भने । युक्रेनी जनताले साहसका साथ रुसी हमलाको प्रतिरोध गरे पनि आगामी दिनले अझ ठूलो कठिनाइ ल्याउनसक्ने उनले बताए ।
‘यस द्वन्द्वलाई युक्रेनको सिमाना बाहिर रुस र नेटोबीच पूर्णयुद्धमा परिणत हुनबाट रोक्न हाम्रो दायित्व छ,’ नेटो प्रमुखले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण