बैंकहरुको कर्जा लगानी घट्यो, बढ्दो तरलताले लगानीको वातावरण बन्दै
यस साता बैंकिङ च्यानलमा थप २ अर्ब रुपैयाँ तरलता (लगानीयोग्य पुँजी) थपिएको छ । अघिल्लो हप्ता अर्थात गत फागुन १३ गतेदेखि २० गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप संकलन ११ अर्बले बढेकोमा पछिल्लो हप्ता अर्थात् फागुन २० गतेदेखि २७ गतेसम्म थप २ अर्बले बढेको हो ।
नेपाल बैंकर्स संघका अनुसार यो साता वाणिज्य बैंकहरू निक्षेप २ अर्बले बढेर कुल ४३ खर्ब २६ अर्ब पुगेको छ । अघिल्लो हप्ता यस्तो निक्षेप ११ अर्बले वृद्धि गर्दै २७ वटा वाणिज्य बैंकहरुले कुल ४३ खर्ब २४ अर्ब संकलन गर्न सफल भएका थिए ।
तर, यता कर्जा लगानी तर्फ भने बैंकहरुले अघिल्लो हप्ताको भन्दा पनि घटाएको संघको रिपोर्टले देखाएको छ । अघिल्लो हप्ता अर्थात् फागुन १३ गतेदेखि २० गतेसम्म ५ अर्बले कर्जा लगानी बढाएका बैंकहरुले यस हप्ता एक अर्बले निक्षेप घटाउँदै कुल ४१ खर्ब ६९ अर्ब रुपैयाँ लगानी गरेका छन् । अघिल्लो हप्ता २७ वटा वाणिज्य बैंकहरुले कुल ४१ खर्ब ७० अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए ।
बजारमा तरलता अभावको समस्या चुलिँदै गएपनि कर्जा लगानीमा गरेको कडाई सोको प्रभाव यस हप्तामा देखिएको हो । केही दिन यता बढ्दै गएको निक्षप र घट्दो क्रममा रहेको कर्जा लगानीले तरलता व्यवस्थापनको संकेत देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण