एन्टी डोपिङ अभियान सार्थक बनाउनेमा नेपालको जोड
संयुक्त अरब इमिरेट्सको दुबईमा जारी एन्टी डोपिङ कार्यक्रमको पहिलो दिन नेपालले आफ्नो प्रस्तुति राखेको छ । नेपालको तर्फबाट १७औं एशिया÷ओशिनिया क्षेत्र अन्तरसरकारी मन्त्रीस्तरीय बैठकमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले मन्तव्य राख्दै नेपालले खेलकुदमा एन्टी डोपिङको अभियानलाई सार्थक बनाउने कुरामा जोड दिएका हुन् ।
मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले नेपालले राष्ट्रिय एन्टी डोपिङ संस्था बनाउने क्रममा निर्देशक समिति गठन गरी प्रक्रिया सुरु गरेको र आगामी दिनमा एन्टी डोपिङ सम्बन्धी नीति तथा कानुन निर्माण गरी खेललाई स्वच्छ बनाउन सकारात्मक योगदान दिने बताए ।
कार्यक्रममा नेपालको प्रयासको सहभागी राष्ट्रहरूले सराहना समेत गरेका थिए । मार्च १४ देखि १५ सम्म जारी उक्त बैठकमा ४५ देशको सहभागिता रहेको छ । बैठकले सन् २०२२ देखि २४ सम्मका लागि रणनीति पारित गरेको छ । जस अनुसार खेललाई स्वच्छ बनाउन एन्टी डोपिङ संस्थाहरुलाई थप प्रभावकारी बनाउने कुरामा जोड दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुराँस गाउँपालिकाको ठेक्कामा हिनामिना : तत्कालीन प्रशासकीय अधिकृत र ठेकदार दोषी ठहर
-
कनिष्ठ कार्की मुख्यसचिव भएपछि वरिष्ठ सचिवहरू असन्तुष्ट, बिदामा बसे शर्मा
-
मिनी क्यासिनो बन्द हुने अवस्था, ५ हजार श्रमिकको रोजगारी संकटमा
-
शङ्कास्पद गाडी पार्किङको विषय संसदीय समितिमा उठ्यो
-
‘नक्कली जरिवाना’ भाइरल भएपछि विभागले दियो कारबाहीको चेतावनी
-
एसिया प्यासिफिक जेरियाट्रिक्स नेटवर्कको अध्यक्षमा डा. जगदीशकुमार क्षेत्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण