बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

झापामा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

मङ्गलबार, ०१ चैत २०७८, १० : ५७
मङ्गलबार, ०१ चैत २०७८

झापाको कमल गाउँपालिका– ५ सितापुरी राजमार्गमा सोमबार बेलुकी बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा अन्दाजी ३२ वर्षीय पुरुष रहेका छन् । उनको सनाखत हुन सकेको छैन । 

बसको ठक्करबाट गम्भिर घाइते भएका उनको उपचारको लागि दमक तर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

सोमबार बेलुकी साढे ७ बजे लु १ ख ८८३६ नम्बरको बसले उनलाई ठक्कर दिएको थियो ।  ठक्कर दिने बस सहित चालक इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप