सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

युक्रेनमा हमलापछि किन रुस छोडेर भागिरहेका छन् लाखौं मानिस ?

मङ्गलबार, ०१ चैत २०७८, १२ : २६
मङ्गलबार, ०१ चैत २०७८

सन् २०२२ को १४ मार्चमा येभजिनी ल्यामिन जर्जियाको संसदबाहिर कपडा र भोजनले भरिएको डिब्बा युक्रेन गइरहेको ट्रकमा राखिरहेका थिए । ल्यामिन रुसको उक्त २५ हजार मानिसमध्ये एक हुन्, जो युक्रेनमा हमला भएपछि जर्जिया पुगेका छन् । जर्जियाको ठूलो शहरमा बस्नका लागि सुरक्षित ठाउँ खोज्न रुसी जनताहरूले प्रयास गरिरहेका छन् । 

कयौँ मानिसलाई राजधानी तिबलिसीको सडकमा आफ्नो सुटकेस र पाल्तु जनावरसँग यताउती गरिरहेको देख्न सकिन्छ । ल्यामिनको कोटमा नीला र पहेँलो रंगको फिता राखिएको छ । यो युक्रेनको झण्डाको पनि रंग हो । यही फित्ताका कारण उनी युक्रेनमा हमलाको अघिल्लो दिन रुसमा युद्धको बिरोधमा भएको प्रदर्शनको समयमा गिरफ्तार भएका थिए ।

राजनीतिकशास्त्रमा स्नातक २३ वर्षका ल्यामिन भन्छन्, ‘मैले बुुझेको छु कि पुटिनको शासनकोविरुद्धमा कारबाहीको सबैभन्दा राम्रो तरिका रुस छोडिदिनुु हो । युक्रेनका मानिसलाई सहयोगका लागि सबै सम्भव प्रयास गर्नु मेरो जिम्मेवारी हो ।’ रुस छोडेर जाने मानिस केवल जर्जियामा मात्रै सीमित छैनन् । युरोपेली संघ, अमेरिका, संयुक्त अधिराज्य र क्यानडाले रुसका लागि आफ्नो वायुक्षेत्र बन्द गरेका छन् । यसैले टर्की, मध्य एशिया र दक्षिण काराकस जस्ता देशहरुमा उडान बन्द नगरिएको तिनै देशहरुमा जाँदै छन् । 

धेरै मानिस आर्मेनिया पनि गएका छन् । बेलारुसका मानिस पनि यसै बाटोमा छन् । पश्चिमा देशको प्रतिबन्धबाट प्रभावित भएर बेलारुसका नागरिक पनि अर्को देशमा शरण लिइरहेका छन् । यसको असर केवल विमानको भाडा मात्रै बढेको होइन कि इस्तानबुल र आर्मेनियाको राजधानी येरेभान जस्ता ठूला शहरमा पनि बस्ने ठेगानाका लागि धेरै मूल्य चुकाउनु परेको थियो । आफ्नो पूरा नाम नबताउने शर्तमा आन्याले भनिन्, ‘इस्तानबुल जाने विमानको एकतर्फी भाडा मात्र मेरो र मेरो पतिको पूरै महिनाको तलब बराबर थियो ।’ 

रुसमा देशद्रोहको विषयलाई लिएर नयाँ कानुन आएपछि आन्याले रुस छोड्ने निर्णय लिएकी हुन् । यस कानुन अनुसार युक्रेनलाई समर्थन गर्नेलाई २० वर्षसम्मको जेल सजायको प्रावधान गरिएको छ र आन्यालाई लागेको छ कि उनी यसको निशाना बन्न सक्छिन् ।

उनले भनिन्,‘बन्द सीमाको डर, राजनीतिक दमन र जबर्जस्ती सैन्य सेवा हाम्रो डीएनएमा छ । मलाई सम्झना छ कि मेरो हजुरआमा हामीलाई सुनाउँथिन् कि कसरी उनीहरु स्टालिनको समयमा पनि यसै डरको अवस्थामा जितेका थिए ।’ देश छोड्नेमा अधिकांश प्रविधि क्षेत्रमा काम गरिरहेका छन् । उनीहरु यो काम सुदूर क्षेत्रबाट पनि गर्न सक्छन् ।
 
विरोध जनाउने एक मात्र तरिका रुस छोड्नु 
आइगर (नक्कली नाम) ले भनिन्, ‘अब विरोध जनाउने केवल एक तरिका छ, त्यो भनेको हामीले देश छोडिदिनुँ । आफ्नो पैसा र सम्पत्ति लिएर देश छोडौँ । हाम्रो आसपासका लगभग सबैले यही फैसला लिएका छन् ।’ यद्यपि आइगर जर्जियाको राजधानी पनि छोड्ने योजना बनाइरहेकी छन् । किनकी यहाँ उनलाई राम्रो महसुस भइरहेको छैन ।​

एयरबीएनबीसँग जोडिएका होस्टका तर्फबाट रुस र बेलारुसका नागरिक बस्ने ठाँउ दिनबाट अस्वीकार गरिएको कयौँ  रिपोर्ट आएका छन् । बेलारुसको एक जोडीले भने,‘म रुस र बेलारुसका मानिसलाई यहाँ राख्दिन । तपाईंलाई बिदा मनाउने समय छैन । आफ्नो भ्रष्ट  सरकारको विरुद्धमा आवाज उठाउनुस् ।’

आइगरले गुनासोयुक्त लवजमा भनिन्, ‘हामी रुसबाट यस कारणले भाग्यौ कि एप्पल पे अब त्यहाँ काम गर्दैन । हामी आफ्नो आरामका लागि भागेका होइनौ, हामीले त्याहाँ आफ्नो सबै गुमाएका छौँ । हामी शरणार्थी हौँ । पुटिनको भू–राजनीतिले हाम्रो जिन्दगी बर्बाद गरेको छ ।’ तिब्लिसी पब्लिक सर्भिसले हालै पुगेको नयाँ मानिस व्यवसाय र घरका लागि पंजिकरण गराइरहेका छन् ।

बेलारुसको राजधानी मिन्सका आईटी विशेषज्ञ क्रिस्टीना निकिताले व्यवसायको रुपमा पंजिकरण गराएका छन् । यसको माध्यमबाट जर्जियाको बैंकमा खाता खोल्न सक्छिन् । उनी भन्छिन्,‘हामी आफ्नो सरकारको समर्थन गदैैनौं । त्यसैले हामी भाग्यौँ । हामी यहाँ सुरक्षित हुन चाहन्छौँ । तर हामीलाई केवल हाम्रो नागरिकताका कारण समस्यामा पारिदैँछ ।  

युक्रेनमा युद्ध सुरु भएपछि तिब्लिसीमा युक्रेनको समर्थनमा कयौँ बिशाल जुलुस निस्केका थिए । हालैमा  भएको एक सर्वेक्षणमा ८७ प्रतिशत जर्जियाली नागरिकले युक्रनेमा भएका युद्ध उनीहरुको रुससँग आफ्नै युद्ध जस्तो लागेको बताएका छन् । तर, ठूलो संख्यामा रुसी नागरिक आफ्नो मुलुकमा आईरहेको अवस्था आपूmहरुलाई मन नपरेको जर्जियाका धेरै नागरिकहरुले बताएका छन् । किनकी अझै जर्जियामा रुसको आक्रमणको १४ वर्ष भन्दा पनि कम समय बितेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप