सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत

मङ्गलबार, ०१ चैत २०७८, १३ : ५०
मङ्गलबार, ०१ चैत २०७८

भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई बलात्कार गरेको आरोपमा मध्यपुर ठिमी नगरपालिका–६ पुरानो ठिमी बस्ने सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–२ घर भएका २८ वर्षीय प्रदिप मल्ल ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ । 

महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई सोमबार साँझ पक्राउ गरेको  हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप