युक्रेनको अवस्था सहज बनाउन अमेरिकालाई चीनको आग्रह
चीनको विदेश मन्त्रालयका एक प्रवक्ताले मंगलबार युक्रेनमा स्थिति सहज बनाउन ठोस प्रयास गर्न संयुक्त राज्य अमेरिकासँग आग्रह गरेका छन् ।
प्रवक्ता झाओ लिजियानले युक्रेन संकटको सम्बन्धमा रूस र चीनबीचको सम्बन्धबारे हालै एक जना नाम नखुलेका अमेरिकी अधिकारीले गरेको आरोपको जवाफमा नियमित प्रेस ‘ब्रिफिङ’मा उनले उक्त भनाई राखेका हुन् ।
रूसले चीनबाट सैन्य र आर्थिक सहयोगको लागि अनुरोध गरेको र चीनले सहमति जनाएको तर त्यसलाई सार्वजनिक रुपमा अस्वीकार गर्ने सूचना दिएको भन्ने एक नाम नखुलाइएका अमेरिकी अधिकारीले बताएको भन्ने सूचना अमेरिकी सरकारले नेटो र केही एसियाली सहयोगीहरुमार्फत् पाएको भन्ने सञ्चारमाध्यमहरूमा आएका रिपोर्टहरूमा कुनै सत्यता नरहेको उनले बताए ।
रुसले चीनसँग सैन्य सहयोग माग्न अस्वीकार गरेको उल्लेख गर्दै विसङ्गत सूचना सिर्जना गर्ने र फैलाउने जस्ता कार्य गैरव्यावसायिक, अनैतिक र गैरजिम्मेवार हुने हुँदा जिम्मेवार मुलुकले यसो गर्नु नहुने झाओले बताए ।
झाओले भने, “संयुक्त राज्य अमेरिकाले युक्रेन संकटको विकासमा निर्वाह गरेको भूमिकालाई गहिरिएर विचार गर्नुपर्छ र युक्रेनको स्थितिलाई कम गर्न ठोस प्रयास गर्नुपर्छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारसँग अध्यक्ष बानियाँकाे आग्रह : बीमा व्यवस्था र ट्राफिक जरिवानाको पुनरवलोकन गरियोस्
-
देउवा समूहले बीपी स्मृति दिवसमा छुट्टै कार्यक्रम गर्ने
-
स्पेनको सफलताको रहस्य : दे ला फुएन्तेको ‘मानवीय दर्शन’ र लामिन यामालको जादु
-
सर्लाहीमा एक युवकले गरे आत्मदाह प्रयास, हेलिकोप्टरबाट काठमाडौँ ल्याइँदै
-
सातामा ५२ अङ्कले घट्यो सेयर बजार, लगानीकर्ताले गुमाए ८७ अर्ब
-
फेवातालबाट भारतीय युवकको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण