रुसले गर्यो युरोपेली परिषद त्याग्ने घोषणा
बुधबार, ०२ चैत २०७८, १० : ५८
रुस सरकारले युरोपेली परिषद् (सीओइ) त्याग्ने घोषणा गरेको छ । युक्रेन अतिक्रमणलाई लिएर मस्कोलाई परिषदबाट निस्कासन गर्नुपर्ने आवाज उठिरहेका बेला रुस आफैले परिषद् त्याग्ने घोषणा गरेको हो ।
स्ट्रासबर्गमा रहेको परिषद् त्याग्नुअघि रुसी विदेश मन्त्रालयले त्यसबारे महासचिव मारिजा पेजसिनोभिक बुरिकलाई जानकारी गराएको थियो ।
निर्णयसँगै रुसले परिषदसँगको २५ वर्षदेखिको सम्बन्ध तोडेको छ । युरोप परिषद् छाडेपछि रुसले मानव अधिकारसम्बन्धी युरोपेली सन्धि (ईसीएचआर) मा हस्ताक्षर गर्ने छैन भने रुसी नागरिकहरूले मानव अधिकारसम्बन्धी युरोपेली अदालत (ईसीएचआर) मा पहुँच हुनेछैन ।
युरोपेली परिषद्को इतिहासमा सदस्यता त्याग्ने रुस दोस्रो देश हो । यसअघि सन् १९६० मा ग्रीसले अस्थायी रुपमा परिषदको सदस्यता त्यागेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण