आयुर्वेद अस्पतालतर्फ आकर्षण बढ्दै
मधेस प्रदेशको राजधानी जनकपुरधाममा रहेको आयुर्वेद औषधालयमा उपचारका लागि आउने बिरामीको संख्यामा वृद्धि हुँदै गएको गएको छ । आयुर्वेदप्रतिको विश्वास बढ्दै जानु र औषधालयको स्तरोन्नति हुनुजस्ता कारणले सेवा लिन आउने सेवाग्राहीको संख्यामा वृद्धि भएको हो । विगत भन्दा अहिले आएर आयुर्वेद तर्फ सर्वसाधारणको रुची बढ्न थालेको छ ।
जनकपुर आयुर्वेद औषधालयमा ५ वर्ष अघिसम्म दैनिक करिब दुई दर्जन जति बिरामी उपचार सेवाका लागि आउने गर्थे । तर आजभोलि दैनिक २ सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेको जनाइएको छ ।
औषधालयमा फिजियोथेरापी र मौलिक थेरापीअन्तर्गत पूर्वकर्म, पञ्चकर्म थेरापी गर्न आउने बिरामीको संख्या धेरै छ । विशेष गरेर हड्डी दुखाइका विरामीहरु अत्यधिक आउने गरेका छन् । कतिपय बिरामीहरु भने अन्य उपचार गराएर रोग निको नभएपछि आयुर्वेदतर्फ आउने गरेका छन् ।
घरेलु रुपमा आर्युेवेद पद्धतिबाट उपचार गर्नेहरु पनि अचेल औषधालय आउन थालेका छन् । विभिन्न ठाउँमा उपचार गराउँदा घुँडाको दुखाई कम नभएपछि औषधालयमा उपचार गराउँदा निको भएको मिथिला विहारी नगरपालिकास्थित तारापट्टी गाउँबाट उपचार गराउन आएका सिकरन दास तत्माले बताए ।
तर, श्रोत र जनशक्ति अभावले सबै क्षेत्रमा सहज रुपमा औषधि वितरण हुन भने नसकेको औषधालयको गुनासो छ । मधेश प्रदेश सरकारले औषधि उत्पादन तथा वितरणका लागि थप बजेट विनियोजन गरे आर्युेवेद उपचारलाई चुस्तदुरुस्त बनाउन सकिने औषधालयकी प्रमुख डा. सीमा झाले बताइन् । औषधालयकी प्रमुख डा. झाले अस्पतालको स्तरोन्नति गरेर प्रादेशिक अस्पतालको रुपमा लैजानुपर्ने आवश्यकता औंल्याइन् ।
औषधालयमा आउने नागरिकलाई आयुर्वेदिक औषधि, आहार विहार र योग तथा मनोसामाजिक परामर्श दिएर उपचार गरिरहेको औषधालयले जनाएको छ । आर्युेवेद पूर्वीय चिकित्सा पद्धति रहेपनि आर्युेवेद चिकित्सा विज्ञानको अध्ययन र अनुसन्धान नहुँदा ओझेलमा पर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
-
५८ करोड भ्रष्टाचार मुद्दामा बागमतीकी उपमेयरलाई साधारण तारेखमा राख्न आदेश
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण