फार्मेसीमा भएको अनियमिताको छानबिन गर्न समिति गठन
जिल्ला अस्पतालको फार्मेसीमा आर्थिक अनियमितता गरेको आरोपमा चार कर्मचारी निलम्बनमा परेका छन् । आर्थिक अनियमितताको विषय बाहिरिएपछि कर्मचारीलाई निलम्बन गरिनाका साथै छानबिन गर्न पाँच सदस्यीय समितिसमेत गठन गरिएको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए ।
जिल्ला समन्वय समिति प्रमुख तथा अस्पताल विकास समितिका अध्यक्ष घनेन्द्र मादेनको अध्यक्षतामा बुधबार बसेको बैठकले पाँच दिनभित्र प्रतिवेदन तयार गर्न छानबिन समिति गठन गरेको हो । सहायक प्रमूख जिल्ला अधिकारी यमबहादुर भट्टराईको संयोजकत्वमा अस्पतालका डा दीपेन्द्र बोखिम, प्रहरी निरीक्षक राकेश यादव, कोष तथा लेखा नियन्त्रक कार्यालयका लेखापाल दुर्गा थापा र स्वास्थ्य कार्यालयका विवेश थुलुङ सदस्य रहेको छानबिन समिति गठन गरिएको हो । उक्त समितिले प्रतिवेदन सार्वजनिक नगरुञ्जेलसम्म फार्मेसी सेवा बन्द हुने भएको छ ।
चिकित्सकले बिरामीको पुर्जामा लेखिएको औषधिबाहेक फार्मेसीमा कार्यरत कर्मचारीले थप गरेर लेखेको समितिले जनाएको छ । बिरामीसँग अतिरिक्त रकम असुली गरी स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतको रकम दाबी गर्न बीमा फाँटलाई कागजात पेश गरेर बिरामी, अस्पताल र बीमा बोर्डलाई नै आर्थिक भार पर्ने गरी अनैतिक क्रियाकलाप गरेको हुनसक्ने आशङ्का गरिएको छ । दोषी नठहरिएसम्म आरोपित मात्र भएकाले कर्मचारीको नाम भने समितिले खुलाएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण