आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

होली खेल्दा मोबाइल फोन भिज्न सक्छ, तत्कालै यी उपाय अपनाउनुस्

बिहीबार, ०३ चैत २०७८, १२ : २४
बिहीबार, ०३ चैत २०७८

होली पर्वको मजा लिने हो भने घरबाट बाहिर पक्कै निस्किनु पर्छ । कसैलाई रङ लगाउनु वा आफैलाई पनि रङ लाग्नाले मजा आउँछ । रङको यो पर्वमा एकातिर मजा हुन्छ भने अर्कोतिर फोनको तनावले पनि सताउँछ । मानौ तपाई स्मार्टफोनबाट होलीको फोटो लिइरहनु भएको छ, तर यसमा पानी प¥यो । यस्तो स्थितिमा नडराइकन फोन सुकाउने बारेमा सोच्नु पर्छ । साथै हतारमा कुनै कदम उठाउनु हुन्न । पानीले फोन भिजेको अवस्थामा फोनलाई कसरी नस्ट हुनबाट जोगाउने भन्नेबारे हामी तपाईलाई केही टिप्स बताउन गइरहेका छौं । यी टिप्सको सहयोगबाट तपाई आफ्नो फोन खराब हुनबाट जोगाउन सक्नु हुनेछ ।

१.सबैभन्दा पहिले फोन अफ गर्नुस्
यदि फोन भिज्यो भने सबैभन्दा पहिले अफ गर्नुस् । फोन खुला नै रहेको समयमा यदि पानी फोनभित्र पस्यो भने ‘सट सर्किट’ हुन सक्छ । यदि फोन पानीमा झ¥यो भने वा भिज्यो भने यसको कुनै बटन चलेको छ वा छैन भन्ने जाँच गर्नेतर्फ नलाग्नुस् । यसलाई ‘अफ’ गर्नु नै समझदारी हो ।

२.एक्सेसरिजलाई फोनबाट हटाउनु होस्
भिजेको फोन ‘अफ’ गरेपछि त्यसको सबै एक्सेसरिजलाई अलग गर्नुहोस् । ब्याट्री, सिम कार्ड, मेमोरी कार्डका साथै फोनमा एटेज भएको कार्डलाई पनि अलग गरेर सुखा रुमालमा राख्नुहोस् । यी सबै एक्सेसरिजलाई अलग गरेपछि ‘सर्ट सर्किट’को खतरा कम हुन जान्छ ।

३. नन् रिमुभेबल ब्याट्रीवाला फोनलाई बन्द गर्नुस्
यदि तपाईको फोनमा ‘नन् रिमुभेबल’ ब्याट्री छ भने ब्याट्री निकालेर अफ गर्ने विकल्प रहन्न । यस्तो समयमा पावर बटमलाई उक्त समयसम्म थिचेर राख्नुस्, जबसम्म फोन बन्द हुँदैन । ‘नन् रिमुभेबल’ ब्याट्रीका कारण फोनमा ‘सर्ट सर्किट’ हुन सक्छ ।

४.नेप्किनको सहयोगबाट पार्ट्सलाई सुकाउनुहोस्
फोनको एक्सेसरिजलाई अलग गरेपछि फोनको सबै पाटर््स सुकाउन जरुरी छ । यसका लागि ‘पेपर नेप्किन’को प्रयोग गर्नु सबैभन्दा राम्रो मानिन्छ । यसको अलावा फोन पुछ्नका लागि नरम रुमाल पनि प्रयोग गर्न सकिन्छ ।

५. फोनलाई चामलमा घुसाएर राख्नुहोस्​

फोनलाई पुछेपछि सबैभन्दा जरुरी काम भनेको फोनको भित्री पार्ट्सलाई सुकाउनु हो । यसका लागि फोनलाई सुखा चामलमा दबाएर एक भाँडोमा राखिदिनुस् । चामलले छिटो ओस सोस्ने गर्छ । यस्तोमा फोनको भित्री पार्ट्स सुक्छ ।

६.सिलिका जेल प्याकको प्रयोग गर्नुहोस्
चामलको भाँडोमा यदि फोन राख्न चाहनु हुन्न भने सिलिका जेल प्याकको पनि प्रयोग गर्न सकिन्छ । यो जेल प्याक जुत्ताको बाकस, ग्याजेट बाकसमा राखिन्छ । यसमा चामलमा भन्दा छिटो ओस सोस्ने क्षमता हुन्छ ।

७. चौबिस घन्टासम्म फोन बन्द गर्नुस्
आफ्नो फोनलाई कमसे कम २४ घन्टासम्म सिलिका प्याक वा चामलको भाँडोमा रहन दिनुस् । जबसम्म यो पूरै तरिकाबाट सुक्दैन, यसलाई अन नगर्नुस् । फोनका साथै ब्याट्री र बाँकी एक्सेसरिजलाई पनि चामलमा सुकाउन सकिन्छ । जबसम्म फोन पुरै किसिमबाट सुक्दैन, त्यतिबेलासम्म ‘अन’ नगर्नुस् ।

८. सर्भिस सेन्टरमा फोनलाई जाँच गराउनुहोस्
२४ घन्टापछि जब फोन र यसका सबै पार्ट्स सुक्छ, यसको ओस पनि हराउँछ । त्यसपछि मात्रै फोन ‘अन’ गर्नुस् । यदि फोन ‘अन’ भएन भने सर्भिस सेन्टरमा देखाउनु पर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप