एकीकृत समाजवादीका वडाध्यक्ष एमालेमा फर्किए
बिहीबार, ०३ चैत २०७८, १२ : २८
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० का वडाध्यक्ष रत्नबहादुर बुढा एमालेमा फर्किएका छन् । पार्टी विभाजनपछि एकीकृत समाजवादी रोजेका उनी बिहीबार पुनः एमालेमै फर्किएका हुन् । उनलाई एमाले प्रदेश इञ्चार्ज यामलाल कँडेलले स्वागत गरेका थिए ।
बुढा एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्य समेत रहेका थिए। यस्तै विभाजनपछि समाजवादी रोजेका वीरेन्द्रनगरका नेताहरु जागुराम थारु, कृष्णबहादुर थापा, विमला थापा पनि एमालेमै फर्किएको एमाले सुर्खेत जिल्लाका प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सिनाले जानकारी दिए । यस्तै वीरेन्द्रनगर नगरपालिका– १० का वडा सदस्य सुनिता चौधरी पनि एमाले फर्किएकी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण