खिसी टिउरी गर्ने तत्त्वको निर्वाचनमा हरिबिजोग हुन्छ : माधव नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली राजनीतिमा प्रतिगामी र अहंकारवादी प्रवृति देखिएको भन्दै प्रतिगामी भूमिका खेल्नेहरूलाई जनताले निर्वाचनमा दण्डित गर्ने बताएका छन् । उनले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा कलमले ‘कमाल’ गर्ने दावी समेत गरे ।
‘खिसी टिउरी गर्ने तत्त्वको हरिबिजोग त्यही वेलामा थाहा हुनेछ । त्यस्ता घमन्डको पोको भएको रावणको नास भएजस्तै, होलीका दहन भएजस्तै त्यस्ताहरुको दहन हुनेछ’, नेता नेपालको भनाइ छ ।
फागु पर्वका अवसरमा सो पार्टीले बिहीबार आयोजना गरेको शुभकामना कार्यक्रममा अध्यक्ष नेपालले राजनीतिलाई आकर्षणको विषय बनाउने हो भने असल चरित्र र असल व्यक्तिलाई अघि सार्नुपर्ने र त्यसका लागि सञ्चारमाध्यमले पनि सकारात्मक भूमिका खेल्नुपर्नेमा पनि जोड दिए ।
त्यसक्रममा अध्यक्ष नेपालले युट्युबरलाई जिम्मेवार बन्न सुझाव समेत दिएका छन् । ‘अहिले मैले सुनिरहेको छु युट्युबमाथि कतिपय गुनासा पनि छन्, गुनासा सबैका होलान्’, पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले भने, ‘अलिअलि त्रुटि हुँदा, कमजोरी हुँदा, विरोधको भावना जाग्दछ ।’ अध्यक्ष नेपालले झुठा समाचार, सूचना र विषयलाई बंग्याएर प्रचार हुँदा मानिसहरुलाई निकै ठुलो आहत पार्ने र कतिपय मानिसको मानसिकतालाई नै खल्बल्याइदिन सक्ने भएकाले सचेत र जिम्मेवार हुनुपर्ने बताए ।
‘सहि बाटोमा जानका लागि राज्यले सवैलाई उत्प्रेरित गर्नुपर्दछ । सहि बाटोमा जान सिकाउनु पनि पर्दछ । कहिलेकाही चेतावनी पनि दिनुपर्छ । केही गर्दा पनि पार लागेन भने अन्तिम उपाय अपनाउन पनि सकिन्छ’, नेता नेपालले भने, ‘म युट्युबको प्रयोगकर्तालाई पनि भन्न चाहान्छु कि तपाईहरु जिम्मेवार भएर प्रस्तुत हुनुस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण