महाशिवरात्रिमा पशुपतिमा सजाइएको फूल गुर्जो अभियानलाई
पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्र सजाउन प्रयोग गरिएको सयपत्रीको फूल निःशुल्क गुर्जो अभियानलाई हस्तान्तरण गरेको छ । महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्र सजाउन विभिन्न दाताले सहयोग गरेको करिब एक टन सयपत्रीलगायत फूल गुर्जो अभियानलाई दिइएको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् सदस्य आशा पाण्डेले बताइन् । कोषले उपलब्ध गराएको फूलमा अन्य जडीबुटी पनि मिसाएर गुर्जोको धुलो र चिया बनाई देशका विभिन्न भागमा निःशुल्क सेवा गरिने भएको छ ।
गुर्जोलगायत ६० प्रकारका जडीबुटीमा सयपत्रीलगायत फूल पनि उपयोगी हुने भएकाले कोषसँग लिइएको अभियानकर्मी कमलबहादुर राजलवटले बताए । फूलमा अन्य जडीबुटी पनि मिसाएर बनाइने गुर्जोको धुलो र चिया देशभर सञ्चालनमा रहेका गुरुकुलमा लगिने जनाइएको छ । गुरुकुलले चिनी र चियापत्ती मिसिएको चियाभन्दा गुर्जोलगायत जडीबुटीबाट बनेको चिया रुचाएकाले निःशुल्क सेवा गर्न लागिएको अभियानकर्मी राजलवटले सुनाए ।
गुर्जोलगायत जडीबुटीबाट बनेको चिया र धुलोले मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने भएकाले उपयोगी मानिन्छ । कोरोना र मौसमी फ्लुबाट बच्न गुर्जोको चिया र धुलो सहयोगी हुने आयुर्वेदका चिकित्सकको भनाइ छ । गुर्जोलाई संस्कृत भाषामा अमृता भनिन्छ । शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्न सहयोगी भएकाले यसलाई अमृत अर्थात् अमृता भनिएको होे ।
गुर्जोबाट बनेको चिया र धुलो गर्भवती महिला र छ वर्षभन्दा मुनिका बालबालिकाले भने उपयोग गर्नु हुँदैन । न्यून रक्तचाप भएकाले भने यसलाई बिरेनुन वा नुन राखेर खान सक्ने जनाइएको छ । उच्च रक्तचाप हुनेका लागि भने गुर्जोका परिकार राम्रो मानिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण