तीन दिनमा थप ७ अर्ब तरलता थपियो, लगानीको वातावरण बन्दै
तीन दिनमा बैंकिङ च्यानलमा थप ७ अर्ब रुपैयाँ तरलता (लगानी योग्य पुँजी) थपिएको छ । नेपाल बैंकर्स संघले दिएको पछिल्लो रिपोर्ट अनुसार गत फागुन २७ गतेदेखि ३० गतेसम्म (तीन दिन) मा २७ वटा वाणिज्य बैंकहरुको निक्षेप ७ अर्बले बढेर ४३ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको हो ।
अघिल्लो हप्ता अर्थात् फागुन २० गतेदेखि २७ गतेसम्ममा यस्तो निक्षेप बैंकहरुले जम्मा २ अर्ब रुपैयाँले मात्रै बढाउँदै कुल ४३ खर्ब २६ अर्ब रुपैयाँ संकलन गरेका थिए ।
यस्तै, समीक्षा अवधिमा बैंकहरुले कर्जा लगानी समेत ३ अर्बले वृद्धि गर्दै कुल ४१ खर्ब ७२ अर्ब रुपैयाँ लगानी गरेको संघले जनाएको छ । तर, अघिल्लो हप्ता अर्थात् फागुन २० गतेदेखि २७ गतेसम्ममा बैंकहरुले एक अर्ब रुपैयाँले कर्जा घटाउँदै कुल ४१ खर्ब ६९ अर्ब रुपैयाँ मात्र लगानी गरेका थिए ।
पछिल्लो समय बैंकमा निक्षेप बढ्न थालेपछि बैंकहरुले लगानी बढाउन थालेका हुन् । क्रमिक रुपमा निक्षेप बढ्न थालेपछि मुलुकमा विस्तारै लगानीको वातावरण बन्दै गएको देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु कामदारका रूपमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ, ३१ लाख नगद बरामद
-
मानव अधिकार आयोगको प्रतिवेदन बदनियतपूर्ण रहेको एमालेको निष्कर्ष, भूतप्रभावी कानुन बनाउने सिफारिसमा आपत्ति
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
-
क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध
-
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी
-
राष्ट्रियसभा अध्यक्षलाई उपराष्ट्रपतिको जिम्मेवारी दिन सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण