मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

कालीगण्डकीमा एक जना मृत भेटिए

शनिबार, ०५ चैत २०७८, ०९ : ५७
शनिबार, ०५ चैत २०७८

स्याङ्जाका एक पुरुष पाल्पास्थित कालीगण्डकी नदीमा मृत फेला परेका छन् । स्याङ्जाको ग्ल्याङ्ग नगरपालिका–१ मालुङ्गा निवासी ६० वर्षीया मानबहादुर बिक पाल्पाको रामपुर नगरपालिका –१ आँपचौरस्थित  कालीगण्डकी नदीमा फेला परेका हुन्  ।

पाल्पा प्रहरीका सूचना अधिकृत प्रहरी निरीक्षक लक्ष्मण पचभैयाका अनुसार बिक पाल्पाको रम्भा गाउँपालिका –१ हुँगीमा दाजुलाई भेट्न चैत्र १ गते आएका थिए । सोही दिन त्यहाँबाट फर्किएको बताइने बिक त्यसपछि बेखबर भई खोजतलास गरिएको थियो । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप