काँग्रेस चुनावमा होमियो, गण्डकी प्रदेशले खटायो निर्वाचन प्रतिनिधि

नेपाली काँग्रेस स्थानीय निर्वाचन केन्द्रित भएको छ । ‘घरघर जाऔं, काँग्रेस जिताऔँ’ अभियानअन्तर्गत गण्डकी प्रदेश समितिले निर्वाचन क्षेत्र स्तरमा प्रतिनिधि खटाएको छ । गण्डकीका ११ वटै जिल्लाका ३६ निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाइएको हो ।
उनीहरुलाई प्रशिक्षण र सामग्रीसमेत दिएर पठाईएको सभापति शुक्रराज शर्माले बताए । प्रत्येक निर्वाचन क्षेत्रमा २ जनाका दरले प्रतिनिधि पठाएको उनले बताए । प्रतिनिधिले चैत ५ देखि १५ सम्म आफ्नो क्षेत्रमा पुगेर निर्वाचन केन्द्रित प्रतिवेदन बुझाउनुपर्ने छ । प्रदेश समितिका सदस्यहरुलाई जिम्मेवारी दिएर पठाईएको हो ।
शर्माले पार्टीको सिद्धान्त, नीति र विचारलाई पार्टीको तल्लो तहसम्म पुर्याउन प्रतिनिधि खटाइएको बताए । ‘जनस्तरमा परिवर्तित काँग्रेसलाई पुर्याउनु छ । प्रतिनिधिहरुले नागरिकलाई प्रत्यक्ष भेटेर काँग्रेसका बारेमा भन्छन्,’ उनले भने, ‘त्यसपछि तयार भएको प्रतिवेदनका आधारमा काँग्रेसले अगाडिको रणनीति तयार गर्छौं ।’
प्रतिनिधिहरुले एमसीसीबारे भ्रम चिर्ने महामन्त्री विष्णुप्रसाद लामिछानेले बताए । ‘एमसीसी नेकपा एमालेका पालामा दर्ता भएको हो । काँग्रेस सत्तामा हुँदा वा नहुँदा जनतामाझ एउटै कुरा गर्छ । कम्युनिष्टका जस्तो रंग फेर्दैन,’ उनले भने, ‘राष्ट्रहितका पक्षमा भएकाले विरोधमा उत्रेकालाई पनि साथ लिएर पास गरेको हो । संसदमा छिराएपछि त्यहीँबाट टुंगो लगाउनुपर्थ्यो । अन्तत लगायो ।’ जनमानसमा परेको भ्रमबारे प्रतिनिधिले स्पष्ट पार्ने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिग बास लिगको ड्राफ्टमा सन्दीपसहित नेपालका पाँच खेलाडी
-
गुल्जार छैन मुग्लिन बजार : निरास भेटिन्छन् व्यवसायीहरू
-
दूर्तमार्गको सुरु बिन्दु डुकुछापमा कायम गराउन माग गर्दै सुझाव प्रतिवेदन हस्तान्तरण
-
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप : तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता
-
प्रधानमन्त्रीदेखि मन्त्रीहरूको विदेश भ्रमणमा लर्को
-
विशेषले सफाइ दिएका दुई मुद्दा लिएर सर्वोच्च पुग्यो अख्तियार