काँग्रेस चुनावमा होमियो, गण्डकी प्रदेशले खटायो निर्वाचन प्रतिनिधि
नेपाली काँग्रेस स्थानीय निर्वाचन केन्द्रित भएको छ । ‘घरघर जाऔं, काँग्रेस जिताऔँ’ अभियानअन्तर्गत गण्डकी प्रदेश समितिले निर्वाचन क्षेत्र स्तरमा प्रतिनिधि खटाएको छ । गण्डकीका ११ वटै जिल्लाका ३६ निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाइएको हो ।
उनीहरुलाई प्रशिक्षण र सामग्रीसमेत दिएर पठाईएको सभापति शुक्रराज शर्माले बताए । प्रत्येक निर्वाचन क्षेत्रमा २ जनाका दरले प्रतिनिधि पठाएको उनले बताए । प्रतिनिधिले चैत ५ देखि १५ सम्म आफ्नो क्षेत्रमा पुगेर निर्वाचन केन्द्रित प्रतिवेदन बुझाउनुपर्ने छ । प्रदेश समितिका सदस्यहरुलाई जिम्मेवारी दिएर पठाईएको हो ।
शर्माले पार्टीको सिद्धान्त, नीति र विचारलाई पार्टीको तल्लो तहसम्म पुर्याउन प्रतिनिधि खटाइएको बताए । ‘जनस्तरमा परिवर्तित काँग्रेसलाई पुर्याउनु छ । प्रतिनिधिहरुले नागरिकलाई प्रत्यक्ष भेटेर काँग्रेसका बारेमा भन्छन्,’ उनले भने, ‘त्यसपछि तयार भएको प्रतिवेदनका आधारमा काँग्रेसले अगाडिको रणनीति तयार गर्छौं ।’
प्रतिनिधिहरुले एमसीसीबारे भ्रम चिर्ने महामन्त्री विष्णुप्रसाद लामिछानेले बताए । ‘एमसीसी नेकपा एमालेका पालामा दर्ता भएको हो । काँग्रेस सत्तामा हुँदा वा नहुँदा जनतामाझ एउटै कुरा गर्छ । कम्युनिष्टका जस्तो रंग फेर्दैन,’ उनले भने, ‘राष्ट्रहितका पक्षमा भएकाले विरोधमा उत्रेकालाई पनि साथ लिएर पास गरेको हो । संसदमा छिराएपछि त्यहीँबाट टुंगो लगाउनुपर्थ्यो । अन्तत लगायो ।’ जनमानसमा परेको भ्रमबारे प्रतिनिधिले स्पष्ट पार्ने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण