अफगानिस्तानमा बम विस्फोटमा परी ४ बालबालिकाको मृत्यु
शनिबार, ०५ चैत २०७८, १३ : ३३

अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा बम विस्फोटमा परी चार बालबालिकाको मृत्यु भएको गृह मन्त्रालयले शनिबार जनाएको छ । घटना शाह वली कोट जिल्लामा भएको थियो । युद्धको अवशेषको रूपमा रहेको उक्त बम दुर्गम गाउँका बालबालिकाहरू खेल्दै गर्दा विस्फोट भएको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।
ल्यान्डमाइन, एन्टि-पर्सनेल माइनहरू र युद्धमा बाँकी रहेका विस्फोटक पदार्थबाट द्वन्द्वपछिको देशमा प्रत्येक महिना लगभग १२० जनाको मृत्यु वा अपाङ्ग हुने गरेको आधिकारिक स्रोतले जनाएका छन् ।
शुक्रबार पूर्वी पक्तिया प्रान्तमा पनि सोही प्रकारको विस्फोट हुँदा दुई नागरिकको मृत्यु भएको थियो र तीन जना घाइते भएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेंगलुरु र चेन्नईको खेलमा अम्पायरको चर्चा किन ?
-
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
धोनी भन्छन्, ‘जिम्मेबारीबाट पन्छिन मिल्दैन, हारको दोषी म हुँ’
-
मधुमेह रोगीहरूले बासी रोटी खानु साँच्चै फाइदाजनक हुन्छ ?
-
सरकारले पूर्वाधार निर्माणलाई गति दिएको छ : मन्त्री दाहाल
-
सरकारको बेलैमा बुद्धि पलाएन भने माओवादीको जस्तै विद्रोहमा जानुपर्ने अवस्था आउन सक्छ : बुद्धिमान तामाङ