अफगानिस्तानमा बम विस्फोटमा परी ४ बालबालिकाको मृत्यु
शनिबार, ०५ चैत २०७८, १३ : ३३
अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा बम विस्फोटमा परी चार बालबालिकाको मृत्यु भएको गृह मन्त्रालयले शनिबार जनाएको छ । घटना शाह वली कोट जिल्लामा भएको थियो । युद्धको अवशेषको रूपमा रहेको उक्त बम दुर्गम गाउँका बालबालिकाहरू खेल्दै गर्दा विस्फोट भएको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।
ल्यान्डमाइन, एन्टि-पर्सनेल माइनहरू र युद्धमा बाँकी रहेका विस्फोटक पदार्थबाट द्वन्द्वपछिको देशमा प्रत्येक महिना लगभग १२० जनाको मृत्यु वा अपाङ्ग हुने गरेको आधिकारिक स्रोतले जनाएका छन् ।
शुक्रबार पूर्वी पक्तिया प्रान्तमा पनि सोही प्रकारको विस्फोट हुँदा दुई नागरिकको मृत्यु भएको थियो र तीन जना घाइते भएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण