कम्युनिष्टहरुको दोधारे कुराले जनतामा गलत सन्देश गयो : प्रकाशमान सिंह
काँग्रेस नेता प्रकाशमान सिंहले कम्युनिष्टहरुको दोधारे कुराले जनतामा गलत सन्देश गएको जिकिर गरेका छन् । आइतबार नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नम्बर १ को ‘घर घर जाऊ काँग्रेस जिताउ अभियान’ अन्तर गत बुद्धनगरमा आयोजित कार्यक्रममा बोल्दै नेता सिंहले कम्युनिस्टले फैलाएको भ्रमलाई चिर्न घरघरमा पुगेर नागरिकलाई बुझाउनुपर्ने बताए ।
‘कम्युनिस्ट पार्टीका दोधारे कुराले नागरिकमा गलत सन्देश गएकाले त्यस्ता गलत हल्ला को विषयमा नागरिकसामु गएर बुझाउनु पर्ने अवस्था आएको छ’, उनले भने, ‘कम्युनिस्ट नेताहरु जनतासामु एउटा र अन्तर्राष्ट्रिय जगतमा अर्को कुरा गर्न माहिर रहेका छन् ।’
यो कुरा बुझाउन काँग्रेस लागिपर्नुपर्ने उनको जोड छ । सिंहले जुनसुकै छिमेकी मुलुकले दिने सहयोग देश र जनताको हितमा छ भने स्वीकार गर्न सकिने बताए । अर्को प्रसंगमा उनले चुनाव नजिकिँदै गर्दा टिकटको आशा राख्नु स्वाभाविक भएपनि उमेदवार हुन टिकट पाउन पार्टीको वैधानिक प्रक्रिया सबैले पालना गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण