बहमासबाट बेलायत पठाइएको सन्देश २१ वर्षपछि फेला
बेलायती तटमा एक पर्यटकले बोतलमा एक सन्देश फेला पारेका छन् । उक्त सन्देश बहमासबाट एक क्यानेडियन बालिकाले २१ वर्ष अगाडि पठाएकी थिइन् । क्रिस्पीन बेनटनले बेलातयको फालमाउथको क्यासल बीचमा हिडिरहेको समयमा सन्देश राखिएको उक्त बोलत फेला पारेका थिए ।
‘यो सन्देश बोतलमा बिर्कोले कसिनले गरी राखिएको थियो । त्यसैले यो पखालिएको जस्तो देखिएको थियो । मैले यसलाई उठाए, त्यसपछि सोचे, त्याहाँ सन्देश भएको पाए र उत्साहित भए,’ बेनटनले फालमाउथ प्याकेटलाई बताए ।
सोही तटमा भ्रमणको क्रममा रहेका विद्यार्थी फोटोग्राफरले बेनटनको फोटो लिए र उनसँगै त्यसमा लोखिएको सन्देश पढे । उक्त चिठ्ठी २००१ को २१ जुनको थियो । चिठ्ठी ६ वर्षकी एक क्यानेडियन बालिकाले लेखीका थिइन् । उनको नाम अन्ना थियो र चिठ्ठी लेख्दाको समयमा बहमासको यात्रा गररहेकि थिइन् ।
‘कृपया प्रदूषण नगर्नुस् । धन्यवाद,’ अन्नाले लेखेकी थिइन् । अन्नाले चिठ्ठी पठाउने ठेगाना पनि समावेश गरेकी थिइन र फेला पार्नेलाई चिठ्ठी लेख्नका लागि आग्रह गरेकी थिइन । तर अनलाईनमा खोजी गर्दा ठेगाना औद्योगिक क्षेत्रमा परिवर्तन भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण