कोरियाले चार हजार मौसमी कामदार लैजाने
कोरियाका स्थानीय निकायले त्यहाँको कृषि तथा मत्स्यपालन क्षेत्रमा देखिएको श्रमिक अभावलाई कम गर्न नेपालबाट चार हजार मौसमी कामदार लैजाने भएका छन् । कोरियाले २०२२ को जनवरीदेखि लागू हुने गरी नयाँ नियम बनाएर नेपालबाट श्रमिक लैजान लागेको हो । नेपालबाट मौसमी कामदार लैजाने विषयमा सहजीकरण गर्दे आएको नेपाल कल्चर सेन्टर कोरियाले त्यहाँको कानुन तथा न्याय मन्त्रालयले आयोजना गरेको सर्वपक्षीय बैठकमा सहभागी भई नेपालको बारेमा जानकारी गराएको छ ।
कोरियाले यो वर्ष नेपालसहित थाइल्याण्ड, कम्बोडिया, भियतनामबाट यस्ता कामदार लैजाने भएको जनाएको छ । नेपाल कल्चर सेन्टर कोरियका निर्देशक ह्याङ्क्युले कोरियास्थित कानुन तथा मन्त्रालयले सन् २०२१ डिसेम्बर १४ गते प्रकाशित गरेको सूचनाअनुसार कोरियामा कृषि तथा माछा पालन क्षेत्रमा खेप्दै आएको कामदार अभावलाई कम गर्न मौसमी प्रणालीमा आधारित मौसमी कामदार माग गर्न यो वर्षको जनवरीदेखि नयाँ नियम लागू गरेको बताए । यो समाचार आजको कारोबार दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकालाई बेल्जियमको जवाफ : अब यसलाई उल्ट्याऊ !
-
भारतीय प्रधानमन्त्री मोदीलाई इन्डोनेसियाको सर्वोच्च नागरिक सम्मान
-
फरार ८ प्रतिवादीको मुद्दा 'मुलतबी' मा, पक्राउ परेका बखत पुनः ब्युँतिने
-
भुटानी शरणार्थी प्रकरणः कसुरदार ठहरिएकाहरूको सजाय निर्धारण असार २९ गते
-
यस्तो छ बहुचर्चित नक्कली शरणार्थी प्रकरणको फैसला (पूर्णपाठ)
-
शरणार्थी प्रकरणः प्राविधिक सई लक्ष्मी महर्जनलाई सफाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण