बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाललाई युएईसँग बदला लिने मौका

सोमबार, ०७ चैत २०७८, ०७ : ४५
सोमबार, ०७ चैत २०७८

नेपालले आइसिसी विश्वकप लिग टूमा नेपालले शुक्रबार ४८ रनको लज्जास्पद हार व्यहोर्नु पर्यो । नेपाली ब्याटरहरु जिम्मेवार नबन्दा नेपाल पराजित हुन पुग्यो । लिग टू अन्तर्गत आफ्नो तेस्रो सिरिजको पहिलो खेलमा पीएनजीमाथि दुई विकेटको जित निकालेको नेपाल दोस्रो खेलमा कमजोर बन्यो । 

आजको खेलमा नेपाललाई जित निकाल्दै अंक तालिकामा आफूलाई बलियो बनाउने मौका छ । युएईले पहिलो खेलमा पपुवा न्युगिनीलाई सात विकेटले हराउँदा दोस्रो खेलमा ६ विकेटले पराजित भएको थियो । 
आजको खेलमा दुबै टोलीलाई दुई अंक महत्वपूर्ण छ । नेपालका आपनर कुशल भुर्तेल र आसिफ शेख आजको खेलमा चेल्ने विश्वास गरिएको छ । लगातार दुई खेलमा कमजोर बनेको दुई खेलाडी नेपालका लागि प्रमुख ब्याटर हुन् । यता दिपेन्द्र सिंह ऐरीको पनि दुई खेलमा राम्रो प्रदर्शन छैन् । मध्यक्रमका ब्याट्सम्यान रोहित पौड्याल र आरिफ शेखले भने ब्याटिङमा केही आशा देखाएका थिए । 

आजको खेलमा नेपाली खेलाडी जिम्मेवार बनेर खेले जित नेपालकै पक्षमा हुने पूर्व प्रशिक्षक जगत टमाटाको विश्वास छ । ‘हाम्रो खेलाडीहरूको क्षमता छ । जिम्मेवार भएर लामो समय मैदानमा टिक्न सके जित हाम्रो हुनेछ । खेलाडीको लामो साझेदारीको खाँचो छ,’ उनले रातोपाटीसँगको कुराकानीमा भने । 

नेपाल र युएईबीच हालसम्मको नतिजा हेर्दा नेपाल कमजोर छ । पाँच एकदिवसीय खेल हुँदा नेपाल २ खेलमा विजयी भएको छ भने यूएईले तीन खेलमा बाजि मारेको छ ।

२०१९ मा नेपालले युएईसँग तीन ओडिआई सिरिज खेलेको थियो । त्यसमा नेपालले २–१ ले ऐतिहासिक सिरिज जितेको थियो । २०१८ अगष्टमा युएईले एसिया कप छनोटमा नेपाललाई ७८ रनले हराएको थियो । 

नेपाल र युएईबीचको खेल नेपाली समय अनुसार बिहान ११ः१५ मा दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा सुरु हुनेछ ।

नेपालको टोली :
सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, विनोद भण्डारी, रोहित कुमार पौडेल, सोमपाल कामी, विक्रम सोब, भीम सार्की, पवन सरार्फ र करण केसी ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप