भारतसँगको व्यापार घाटा कम गर्न पहल गर्न नवनियुक्त राजदूतलाई सुझाव
नेपाल–भारत उद्योग वाणिज्य संघले भारतका लागी नवनियुक्त नेपाली राजदूत डा। शंकर शर्मालाई संघको सचिवालयमा स्वागत गरेको छ । कार्यक्रममा नेपाल–भारत उद्योग वाणिज्य संघका अध्यक्ष सृजना राणाले नवनियुक्त राजदूत शर्मालाई स्वागत गरेकी थिइन् । कार्यक्रममा नेपाल तथा भारत बीच रहेको बहुआयामिक सम्बन्धको चर्चा गर्नुका साथै वर्तमान द्विपक्षीय आर्थिक सम्बन्धमा रहेका विद्यमान समस्याहरूबारे अवगत गराइएको थियो ।
अध्यक्ष राणाले मित्रराष्ट्र नवनियुक्त राजदूत शर्मालाई नेपालमा औद्योगिक लगानी वृद्धि गर्न भारतका लागी नेपाली राजदूत एवं भारत स्थित नेपाली राजदूतावासको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै नेपालले भारतसँगको व्यापार घाटा कम गर्न नेपालले आफ्नो उत्पादन क्षमतामा वृद्धि गर्नुका साथै निकासी अभिवृद्धिमा ध्यान पुर्याउनु अति आवश्यक रहेको स्मरण गराएकी थिइन् ।
उनले नेपालमा विद्यमान औद्योगिक विकासलाई अझ तीव्रता दिनको लागी तथा भारतीय लगानीकर्ताहरूलाई नेपालमा भारतीय लगानी भित्र्याउन राजदूतबाट विशेष पहल हुन अनुरोध गरिन् ।
कार्यक्रममा संघका महासचिव आरबि रौनियारले नेपाल–भारत व्यापार तथा पारवहनको क्षेत्रमा रहेका विद्यमान समस्याहरू बारे प्रस्तुति दिएका थिए । विशेष गरी नेपाल–भारत पारवहनको क्षेत्रमा इसीटीएसको सान्दर्भिकता, परिमार्जित नेपाल–भारत रेल सेवा सम्झौताले निर्दिष्ट गरे बमोजिमका रेल सेवाहरूको सञ्चालनमा नेपाली रेल सेवा कम्पनीहरूलाई पनि समावेश गरिनेलगायतका विषयहरूमा आवश्यक पहल गर्नमा पनि नवनियुक्त राजदूतको भूमिका एवं क्रियाशीलता महत्त्वपूर्ण रहने बारे अनुरोध गरे ।
कोषाध्यक्ष ज्ञानेन्द्र लाल प्रधानले पनि नेपालमा लगानीको लागी ठुलो सम्भावना भनेको जलविद्युत नै भएको र दुवै देशका लगानीकर्ताहरूको रुचि पनि पानीमै भएको कारणले ठुला लगानीकर्ताहरूलाई आकर्षित गर्न सकिन्छ भने यसको लागी भारतमा रहेका ठुला लगानकर्ताहरू ४–५ वटालाई बुझाउन सकिएको खण्डमा पनि नेपालको जलविद्युतको क्षेत्रको लागी ठुलो उपलब्धि हुन सक्ने हुँदा यसमा ध्यान दिनु अनुरोध गरेका थिए । उक्त कार्यक्रममा संघका उपाध्यक्ष सुनिल केसीले नेपालमा आउन चाहने साना तथा ठुला सबै किसिमका भारतीय लगानीकर्ताहरूका लागी दूतावासले सहजीकरण गर्न सकिने र सो को लागी नवनियुक्त राजदूत शर्माको भूमिका तथा विशेषज्ञता प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
उक्त अवसरमा नवनियुक्त राजदूत शर्माले संघले यसरी आमन्त्रण गरेर समग्र नेपाल–भारत द्विपक्षीय सम्बन्धका विभिन्न आयामहरू तथा नेपालमा औद्योगिक क्षेत्रको विकासको लागी भारतमा बसेर नेपालको राजदूतको रूपमा गर्नुपर्ने कार्यहरू सम्बन्धी सुझावहरू उपलब्ध गराएकोमा खुसी व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण