बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

स्यान्डविच खाइरहेका बेला भालुले कारको ढोका खोल्न खोजेपछि....

सोमबार, ०७ चैत २०७८, १४ : ३०
सोमबार, ०७ चैत २०७८

अमेरिकाको क्यालिफोर्नियाका एक व्यक्तिले बिफ स्यान्डविच खाइरहेका बेला तीनवटा भोका भालुका बच्चाले कारको ढोका खोल्ने प्रयास गरेको समाचार भाइरल भएको छ । बिल डुुभाल भन्ने एक व्यक्तिले आफू कारमा सियरा माडरेलमा पाल्तु कुकुरसँग बसिरहेको बेला सो घटना भएको बताएका छन् ।

‘काखमा बिफको स्यान्डवीच थियो, त्यसबेला भालुका बच्चा पनि नजिकै आए र कारको ढोका धकेल्न लागे’ डुुभाललाई उदृत गर्दै यूपीआइले जनाएको छ । भालूूको बच्चाले तत्कालै ढोका खोल्ने प्रयास गरेको डुुभालले बताएका छन् ।

‘भालूूले २ पटक ढोका खोल्ने प्रयास गरेको तर दुवै पटक भालुको प्रयासलाई डुुभालले असफल बनाइदिएका थिए । डुुभालकी श्रीमती स्यान्डी डुुभालले भालूहरु बारम्बारका पाहुना भएको बताएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप