मिनी ट्रक भेरी नदीमा खस्दा सह–चालकको मृत्यु
मिनी ट्रक भेरी नदीमा खस्दा सह–चालकको मृत्यु भएको छ । सोमबार राती साढे १ बजेको समयमा ट्रक भेरी नदीमा खस्दा सह–चालकको मृत्यु भएको हो ।
रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–६ मनकाबगरमा गोतामकोट देखी डोल्पाको खदाङ तर्फ खुद्रा सामान लिएर जाँदै गरेको नम्बर नखुलेको मिनी ट्रक भेरी नदीमा खस्दा सह–चालकको मृत्यु भएको कर्णाली प्रदेश प्रहरीका कार्यालय प्रहरी नायव उपरीक्षक तथा सह–प्रवक्ता गणेशबहादुर बमले जानकारी दिए ।
बमले भने ‘भेरीमा खसेको ट्रकमा सवार ४ जना मध्ये आठबिसकोट नगरपालिका–६ का ट्रक सह–चालक २२ वर्षीया धनबहादुर बोहरा घटनास्थलमै मृत्यु भएको खबर आएको साथै एक जना बेपत्ताको खोजीकार्य स्थानीय तथा प्रहरीले गरिएको रहेको छ ।’
यस्तै, घाइते अन्य व्यक्तिलाई प्रहरीले उद्दार गरी स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ भने बेपत्ता हुनेमा आठबिसकोट नगरपालिका–६ का २३ वर्षीय अनिल बिक रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण