मोटरसाईकल दुर्घटनामा रुपन्देहीका युवकको मृत्यु
सोमबार, ०७ चैत २०७८, १९ : २१
सोमबार स्याङ्जामा भएको मोटरसाईकल दुर्घटनामा रुपन्देहीका एक युवकको ज्यान गएको छ । प्रहरीका अनुसार मोटरसाईकल दुर्घटनामा परि रुपन्देहीको शुद्धोधन गाउँपालिका–५ फर्सटिकट घर भएका २७ वर्षीय जितेन्द्र पटेलको मृत्यु भएको हो । ।
स्याङजाको गल्याङ नगरपालिका–१ नब्बेस्थित सिद्धार्थ राजमार्गमा ग१५ प ७४४७ नम्बरको मोटरसाइकल र लु २ ख ५२९० नम्बरको फोर्स गाडी एकआपसमा ठक्कर खाई सोमबार दिउँसो दुर्घटना भएको थियो । त्यस दुर्घटनामा मोटरसाइकल चालक पटेल गल्याङ बजारमा कुशल मोटरसाइकल वर्कसपमा काम गर्दै आएका थिए ।
गम्भीर घाइते भएका उनको नगर अस्पताल गल्याङमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । फोर्स गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण