बेलायती पुरुषले तोडे आफ्नै रेकर्ड, एउटै बोटमा फलाए एक हजार २६९ गोलभेँडा
एक बेलायती पुरुषले एउटै बोटमा ८३८ चेरी गोलभेँडा फलाएको आफ्नै पुरानो रेकर्ड तोडेका छन् । उनले अर्को एउटै बोटबाट एक हजार २६९ गोलभेँडा फलाएपछि पुरानो रेकर्ड तोडिएको हो ।
बेलायतको हर्डफोर्डशायरका डगलास स्मिथले गोलभेँडा फलाउने विभिन्न वैज्ञानिक तरिका पढेका थिए । यसपछि उनले माटोको नमुना विश्लेषणका लागि प्रयोगशालामा लगे । यसपछि गोलभेँडा रोपे, र एउटै बोटबाट धेरै गोलभेँडा फलाएर गिनिज बुक अफ वर्ल्डमा आफ्नो नाम दर्ता गर्न सफल भएका छन् ।
स्मिथले १० वर्ष अघि एउटै बोटबाट ८३९ वटा गोलभेँडा फलाएको आफ्नै रेकर्ड तोडेका हुन् । उनले आफ्नो बगैँचामा गिनिज बुक अफ वर्ल्डमा रहेको विश्वकै ठूलो ६.८५ पाउन्डको गोलभेँडा फलाएपछि यसबाट प्रेरित भएको बताएका छन् । यो गोलभेँडा बेलायतकै ठूलो हो । यो गोलभेँडा विश्व रेकर्ड राख्नबाट भने थोरैले चुकेको थियो । उक्त गोलभेँडा १० पाउन्डको अमेरिकामा फलेको गोलभेँडाको तुलनामा सानो हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
-
वैदेशिक रोजगार विभागको सक्रियता : एकै दिन २९ नयाँ जाहेरी दर्ता, ९ जना पक्राउ
-
‘सम्पत्ति छानबिन आयोग असंवैधानिक’ भन्दै पूर्वन्यायाधीश खतिवडाले सार्वजनिक गरे सम्पत्ति विवरण
-
जुलियन किन्योनेसः रोनाल्डोलाई पछि पार्ने सुपरस्टार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण