बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

प्याब्सनको पन्ध्रौँ महाधिवेशन बुधबार

मङ्गलबार, ०८ चैत २०७८, २२ : ०२
मङ्गलबार, ०८ चैत २०७८

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालको १५औँ राष्ट्रिय महाधिवेशन बुधबार काठमाडौंमा हुँदैछ ।

आगामी तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन हुने यस महाधिवेशनमा वर्तमान सहअध्यक्ष डिके ढुङ्गाना भावी अध्यक्षमा निर्विरोध भइसकेका छन् भने अन्य केही पदमा पनि निर्विरोध चयन भएका छन् । प्याब्सनमा २७ पदाधिकारी र ३९ सदस्यसहित ६६ जनाको केन्द्रीय कार्यसमिति हुनेछ । महाधिवेशनमा दुई हजार ३०० प्रतिनिधि हुनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप