एमाले केन्द्रीय कमिटी बैठक सुरु
नेकपा एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठक सुरु भएको छ । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बैठक सुरु भएको हो । दुई दिन चल्ने बैठकका लागि यसअघि नै एजेण्डा तय भइसकेको छ। जसअनुसार केन्द्रीय कमिटीका लागि पार्टी कामको रिपोर्टिङ, समसामयिक राजनीतिक प्रतिवेदन, विभागहरूलाई पूर्णता, स्थानीय तहका उम्मेदवार सिफारिसको मापदण्ड प्रक्रिया, स्थानीय निर्वाचनको घोषणापत्र, निर्वाचनमा पार्टी नेतृत्वको भूमिका, पार्टी स्थापना दिवस, सचिवालय निर्णयको अनुमोदनलगायत एजेण्डा तय गरिएको छ ।
गत चैत ७ को बैठकले सो एजेण्डा तय गरेको हो । सो बैठकमा अध्यक्ष केपी ओलीले आफू नेतृत्वको वामपन्थी सरकारलाई ढालेर नेपाली काँग्रेससँग गठबन्धन गर्न जानेहरूसँग वाम एकता वा तालमेल नहुने स्पष्ट पार्दै एमालेमा प्रवेशका लागि भने अन्य दलका कार्यकर्तालाई ढोका खुल्ला रहेको बताएका थिए । बैठकमा वाम एकता र तालमेलबारे बहस भएको थियो । सोही अनुसार एमालेले आन्तरिक तयारी थालिसकेको छ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण