एमाले केन्द्रीय कमिटी बैठक सुरु

नेकपा एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठक सुरु भएको छ । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बैठक सुरु भएको हो । दुई दिन चल्ने बैठकका लागि यसअघि नै एजेण्डा तय भइसकेको छ। जसअनुसार केन्द्रीय कमिटीका लागि पार्टी कामको रिपोर्टिङ, समसामयिक राजनीतिक प्रतिवेदन, विभागहरूलाई पूर्णता, स्थानीय तहका उम्मेदवार सिफारिसको मापदण्ड प्रक्रिया, स्थानीय निर्वाचनको घोषणापत्र, निर्वाचनमा पार्टी नेतृत्वको भूमिका, पार्टी स्थापना दिवस, सचिवालय निर्णयको अनुमोदनलगायत एजेण्डा तय गरिएको छ ।
गत चैत ७ को बैठकले सो एजेण्डा तय गरेको हो । सो बैठकमा अध्यक्ष केपी ओलीले आफू नेतृत्वको वामपन्थी सरकारलाई ढालेर नेपाली काँग्रेससँग गठबन्धन गर्न जानेहरूसँग वाम एकता वा तालमेल नहुने स्पष्ट पार्दै एमालेमा प्रवेशका लागि भने अन्य दलका कार्यकर्तालाई ढोका खुल्ला रहेको बताएका थिए । बैठकमा वाम एकता र तालमेलबारे बहस भएको थियो । सोही अनुसार एमालेले आन्तरिक तयारी थालिसकेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष प्रसारण जारी रहेकै समयमा टेलिभिजन कार्यालयमा इजरायली हवाई आक्रमण (भिडियोसहित)
-
नेपाली शान्ति सैनिकको अदलीबदली
-
प्रतिनिधिसभाको बैठक बस्दै, सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मनसुनीसँगै स्थानीय र पश्चिमी वायु थप सक्रिय, आज यी प्रदेशमा हुनेछ धेरै भारी वर्षा
-
‘रातो झण्डा’ झुन्ड्याएर बाढीसँग लडिरहेको एउटा साहसी गाउँ