एमाले बैठकमा सातै प्रदेश अध्यक्षको रिपोर्टिङ सकियो, फुटको असर न्यून
नेकपा (एमाले) केन्द्रीय कमिटीको जारी बैठकमा सातै प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ सकिएको छ । प्रदेश अध्यक्षहरू क्रमशः तुल्सी न्यौपाने, रामअवतार यादव, केशव पाण्डे, नवराज शर्मा, राधाकृष्ण कँडेल, विनोदकुमार शाह र दामोदर भण्डारीले बैठकमा स्थानीय निर्वाचन केन्द्रित रिपोर्टिङ गरेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
उनीहरुले आगामी निर्वाचनमा एमाले पहिलो शक्ति बन्ने बैठकमा रिपोर्टिङ सुनाएका थिए । ‘पार्टीप्रति तीब्र जनआकर्षण बढेको छ, आधारभूत तहदेखिकै पार्टी कमिटीहरू चलायमान छन्, ‘फुटको असर अत्यन्त न्यून छ त्यसैले नेकपा एमाले पहिलो शक्ति बन्ने आधार कायमै छ’ प्रदेश १ का अध्यक्ष तुलसी न्यौपानेको भनाइ छ ।
प्रदेश अध्यक्षको रिपोटिङ सकिएपछि खाजा ब्रेक भएको छ । त्यसपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्नेलगायतका कार्यसुची छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण