बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले बैठकमा सातै प्रदेश अध्यक्षको रिपोर्टिङ सकियो, फुटको असर न्यून

बुधबार, ०९ चैत २०७८, १४ : ४४
बुधबार, ०९ चैत २०७८

नेकपा (एमाले) केन्द्रीय कमिटीको जारी बैठकमा सातै प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ सकिएको छ । प्रदेश अध्यक्षहरू क्रमशः तुल्सी न्यौपाने, रामअवतार यादव, केशव पाण्डे, नवराज शर्मा, राधाकृष्ण कँडेल, विनोदकुमार शाह र दामोदर भण्डारीले बैठकमा स्थानीय निर्वाचन केन्द्रित रिपोर्टिङ गरेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

उनीहरुले आगामी निर्वाचनमा  एमाले पहिलो शक्ति बन्ने बैठकमा रिपोर्टिङ सुनाएका थिए । ‘पार्टीप्रति तीब्र जनआकर्षण बढेको छ, आधारभूत तहदेखिकै पार्टी कमिटीहरू चलायमान छन्, ‘फुटको असर अत्यन्त न्यून छ त्यसैले नेकपा एमाले पहिलो शक्ति बन्ने आधार कायमै छ’ प्रदेश १ का  अध्यक्ष तुलसी न्यौपानेको भनाइ छ ।

प्रदेश अध्यक्षको रिपोटिङ सकिएपछि खाजा ब्रेक भएको छ । त्यसपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्नेलगायतका कार्यसुची छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप