कर्णालीमा एमाले : गठबन्धन भए १५ र एक्लाएक्लै लडे २९ पालिका जित्ने अनुमान
०७४ को स्थानीय तहको निर्वाचनमा कर्णालीमा पहिलो शक्ति केन्द्रको रुपमा स्थापित बनेको एमाले अहिले पनि आफुलाई पहिलो शक्ति बन्ने दाबी गर्दै आएको छ । केही समयअघि वीरेन्द्रनगरमा आयोजित प्रदेशस्तरीय प्रशिक्षण भेला कार्यक्रममा पनि केन्द्रीय नेताहरुले पहिलो शक्ति बन्ने गरी तयारी थाल्न निर्देशन पनि दिए । तर केन्द्रीय कमिटीको तेस्रो बैठकमा पनि एमालेले शिथिल रिपोर्टिङ गरेको छ ।
एमाले प्रदेश कमिटीका अध्यक्ष विनोदकुमार शाहले प्रस्तुत गरेको रिपोर्टिङ हेर्दा कर्णालीमा एमालेलाई पहिलो शक्ति बन्न हम्मे–हम्मे पर्ने देखिन्छ । रिपोर्ट हेर्दा वर्तमान सत्ता गठबन्धन एकातिर,एमाले एक्लै अर्कोतिर हुँदा कर्णालीमा जम्मा–जम्मी १५ स्थानीय तह जित्ने आंकलन देखिएको छ । यदि सत्ता गठबन्धन नभएको अवस्थामा २९ स्थानीय तह जित्ने आंकलन गरिएको छ ।
कर्णालीमा ७९ वटा स्थानीय तह रहेका छन् । नेकपा एमाले प्रदेश कमिटीले दिएको जानकारी अनुसार ०७४ को निर्वाचनमा एमालेले २७ पालिकाका आफ्नो वर्चश्व कायम गरेको थियो । तर अहिले एमाले विभाजन भएर जनाधार विभाजन बनेको छ । जसको प्रत्यक्ष फाईदा नेपाली काँग्रेस र माओवादीले लिन सक्ने नेताहरुले आंकलन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केन्द्रीय बैंकको तथ्याङ्कले देखाएको अर्थतन्त्रको ५ चित्र
-
फिफा विश्वकप २०२६ का १० ‘कन्ट्रोभर्सी’ : रोनाल्डोदेखि डोनाल्ड ट्रम्पसम्म तानिए विवादमा
-
सर्वोच्चको झट्काले पनि चेतेन पर्यटन मन्त्रालय, नयाँ नियुक्तिमा फेरि चलखेल
-
यसरी खानुस् चिया सिड
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
संसद्ले लोकतान्त्रिक बाटो बिराउँदैछ : सांसद कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण