गुल्मीमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु
बुधबार, ०९ चैत २०७८, १८ : १२
बुधबार दिउँसो गुल्मीको इस्मा गाउँपालिका– १ छिनुवा खोला नजिकै मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
सदरमुकाम तम्घासबाट सिमलटार तर्फ जाँदै गररेको लु१२प ३९०९ मोटरसाईकल उक्त स्थानमा दुर्घटना हुँदा रेसुङ्गा नगरपालका–धागीथुमका अन्दाजी ५० बर्षीय रामबहादुर कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै सोही वडा उदिनढुङ्गा बस्ने ३९ वर्षका रुद्रबहादुर बिक घाइते भएका छन् । दुबै जनालाई उपचारका लागि गुल्मी अस्पताल तम्घास ल्याइएकोमा कुँवरलाई डाक्टरले मृतक घोषणा गरेको र बिकको उपचार भई रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिए । घाइतेको अवस्था मध्यम खालको भएको उनको भनाइ छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
-
सीटीईभीटीको उपाध्यक्ष र सदस्य सचिवमा दरखास्त आह्वान
-
भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ सुरु, अर्थमन्त्रीले गरे उद्घाटन
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
सम्बन्ध विच्छेदको मुद्दामा ‘किस इमोजी’ को चर्चा : लद्दाख उच्च अदालतद्वारा महिलाको निवेदन खारेज
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण