गुल्मीमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु
बुधबार, ०९ चैत २०७८, १८ : १२

बुधबार दिउँसो गुल्मीको इस्मा गाउँपालिका– १ छिनुवा खोला नजिकै मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
सदरमुकाम तम्घासबाट सिमलटार तर्फ जाँदै गररेको लु१२प ३९०९ मोटरसाईकल उक्त स्थानमा दुर्घटना हुँदा रेसुङ्गा नगरपालका–धागीथुमका अन्दाजी ५० बर्षीय रामबहादुर कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै सोही वडा उदिनढुङ्गा बस्ने ३९ वर्षका रुद्रबहादुर बिक घाइते भएका छन् । दुबै जनालाई उपचारका लागि गुल्मी अस्पताल तम्घास ल्याइएकोमा कुँवरलाई डाक्टरले मृतक घोषणा गरेको र बिकको उपचार भई रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिए । घाइतेको अवस्था मध्यम खालको भएको उनको भनाइ छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गैरआवासीय नागरिकतासम्बन्धी ऐन संशोधन गर्ने प्रमुख दलको प्रतिबद्धता
-
संवैधानिक नियुक्ति विवाद : आज बार पूर्वअध्यक्ष घिमिरे र खड्कासहितले बहस गर्ने
-
गर्मीसँगै बढ्यो खरबुजा व्यापार (तस्बिरहरू)
-
सशस्त्र प्रहरी बलले थाल्यो मनसुन पूर्व तयारी
-
मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै
-
दक्षिण अफ्रिकी खेलाडीलाई आईपीएल सकिनुअघि नै स्वदेश फर्कन निर्देशन