चोभारमा सुमो र मोटरसाइकल ठोक्कियो, २ जनाको निधन
बुधबार, ०९ चैत २०७८, २२ : ५८
काठमाडौंको कीर्तिपुर नगरपालिका स्थित चोभार डाँडाको घुम्तीमा टाटा सुमोसँग मोटरसाइकल ठोक्किएको छ । दुर्घटनामा परेर दुईजनाको निधन भएको छ । दुर्घटनामा परेर काठमाडौं महानगरपालिका–१४ बस्ने १८ वर्षीय नविन्द्र तिमिल्सिना र नागार्जुन नगरपालिका–६ बस्ने २६ वर्षीय समिर गिरीको निधन भएको छ ।
बल्खुबाट चोभार जाँदै गरेको ना १ ज ६३५४ नम्बरको टाटा सुमो र चोभारबाट बल्खुतर्फ आउँदै गरेको बा ९२ प २३१ नम्बरको पल्सर मोटरसाइकल आपसमा ठोक्किएको थियो । मृतक दुवैजना मोटरसाइकलमा सवार थिए ।
सुमो चालक बाराको जितपुर उपमहानगरपालिका–६ घर भएका २७ वर्षीय सञ्जय खानलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । दुर्घटनाबारे महानगरीय प्रहरी बृत्त कीर्तिपुरले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण