डेढ महिनामा सकियो ‘ह्यारी कि प्यारी’
डा कपिल रिजालको डेब्यू निर्देशन रहेको फिल्म ‘ह्यारी कि प्यारी’को इन्डक्ल्याप गरिएको छ । साढे दुई दशकदेखि लण्डनमा दन्त चिकित्सकका रुपमा स्थापित डा रिजालले लण्डन र नेपालमा विभिन्न छोटा फिल्म तथा म्यूजिक भिडियो निर्देशन गरिसकेका छन् । निर्देशक डा रिजालले कोरोना कहरका समयमा खोप लगाएका कलाकार र प्राविधिकलाई मात्र युनिटमा सहभागी गराई पर्वतबाट सुटिङ शुरु गरिएको फिल्मको करिब डेढ महिनापछि इन्ड क्ल्याप गरिएको बताए । डा रिजाल स्त्री रोग विशेषज्ञ तथा गीतकार डा भोला रिजालका छोरा हुन् ।
फिल्म काठमाडौं, पोखरा, पर्वत, चितवनलगायतका स्थानमा खिचिएको छ । ‘पारिवारिक कथामा बनाइएको फिल्म सिचुएसनल कमेडीमा आधारित छ’, निर्देशक डा रिजालले भने । फिल्म बिआर प्रोडक्सनको व्यानरमा निर्माण भएको हो ।
फिल्ममा जितु नेपाल, साम्राज्ञी आरएल शाह, विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनाललगायतका कलाकारको अभिनय छ ।
फिल्ममा निर्देशक डा रिजालको कथा, डा रिजाल, सुदीप बराल, गिरीराज घिमिरे र अभिमन्यू निरवीको पटकथा तथा संवाद, डा भोला रिजालको गीत, शिखर सन्तोष र युग भुषालको संगीत, कविराज गहतराजको कोरियाग्राफी, सुदीप बरालको छायाँकन र अर्जुन जिसीको सम्पादन छ । डा रिजालले अंग्रेजी भाषाका सर्ट फिल्महरु ‘गिल्ट’, ‘साइलेन्स’ र ‘कर्मा’ निर्माण तथा निर्देशन गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण