एमाले रौतहटमा विवाद : प्रभु साहसँगको झगडा केन्द्रीय कमिटीमा (पत्रसहित)
नेकपा एमाले रौतहटको झगडा केन्द्रीय कमिटीमा प्रवेश गरेको छ । एमाले केन्द्रीय सदस्य रेखाकुमारी झाले पार्टी नेता प्रभु साहविरुद्ध उजुरी दिएपछि एमाले रौतहटको विवाद केन्द्रीय कमिटीमा प्रवेश गरेको हो । नेतृ झाले बिहीबार बसेको केन्द्रीय कमिटी बैठकमा साहविरुद्ध उजुरी दिएकी हुन् ।
प्रतिनिधिसभा सदस्य समेत रहेकी झाले प्रभु साहमाथि गृहजिल्ला रौतहटमा मनोमानी ढंगले जिल्ला अधिवेशन गरेको र पाँच पदाधिकारीलाई मध्यरातमा अज्ञात स्थलमा लगेर सपथ खुवाइएको आरोप लगाएकी छन् । नेतृ झाले एमाले रौतहटको जिल्ला अधिवेशन पुन गर्नुपर्ने माग समेत गरेकी छन् ।
झाले बैठकमा पेश गरेको असहमति पत्रमा भनेकी छन् : ‘ रौतहट जिल्ला अधिवेशन हल सम्पूर्णले गरेको विरोध र असहमतिका बाबजुद हलले अनुमोदन नै नगरेका पाँचजना पदाधिकारीलाई मध्यरातमा नेता प्रभु साहको नेतृत्वमा अज्ञात स्थलमा लगि सपथ खुवाइएको कार्यको घोर निन्दा गर्दै तमाम इमान्दार योद्धा कमरेडहरूको उच्च आत्मबललाई निराशामा परिणत नगरी दिनुहुन केन्द्रीय अध्यक्ष कमरेडलाई आग्रह गर्न चाहान्छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण