चिनियाँ बिदेशमन्त्री आज नेपाल आउँदै
चिनियाँ बिदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी तीन दिने नेपाल भ्रमणको सिलसिलामा आज काठमाडौं आउँदै छन् । परराष्ट्रमन्त्री डा नारायण खड्काको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् ।
तय भएको कार्यक्रम अनुसार चिनियाँ बिदेशमन्त्री वाङ चैत ११ गते बेलुकी काठमाडौं आइपुग्ने छन् ।वाङको महत्त्वपूर्ण कार्यक्रमहरु सबै चैत १२ र १३ गतेलाई राखिएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार चैत १२ गते नेपाल-चीन परराष्ट्र मन्त्री स्तरिय द्विपक्षीय वार्ता हुनेछ । नेपाल भ्रमणको बेला उनले रास्ट्रपति बिद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । चिनियाँ बिदेश मन्त्री वाङ चैत १३ गते साझ स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण