विश्व बैंकमा नेपालका लागि १५ करोड डलर ऋण स्वीकृत
विश्व बैंकले नेपालका लागि थप १५ करोड अमेरिकी डलर (करिब १८ अर्ब रुपैयाँ) ऋण स्वीकृत गरेको छ । नेपालमा वित्तीय क्षेत्रको स्थायित्व सुदृढ गर्न, वित्तीय समाधान विविधीकरण गर्न र वित्तीय सेवाहरूमा पहुँच पुर्याई हरित, लचिलो र समावेशी विकास निम्ति ‘वृद्धिको लागि वित्त’ शीर्षकमा सो विकास नीति ऋण स्वीकृत गरेको बैंकले जानकारी दिएको छ ।
माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद जेर्भोसले यो परियोजनाले नेपालको वित्तीय क्षेत्र बलियो बनाएर हरित, लचिलो र समावेशी पुनरुत्थान र वृद्धि मार्गमा योगदान पुर्याउने दाबी गरेका छन्‌ । दोस्रो फाइनान्स फर ग्रोथ अपरेसनले कोभिड--१९ महामारीको प्रभावको सन्दर्भमा वित्तीय स्थायित्वका जोखिमहरूलाई सम्बोधन गर्न बैंकिङ क्षेत्रको पर्यवेक्षणलाई बढावा दिने बैंकको दाबी छ ।
पूँजी, बीमा र प्रकोप जोखिम वित्तीय बजारहरू खोल्न मद्दत गर्ने पनि बैंकले जनाएको छ । यसले बाह्य व्यावसायिक उधारोमा पहुँच, वित्तीय डिजिटलाइजेसन र महिलाहरूको लागि वित्तीय साक्षरताको माध्यमबाट तरलता र समावेशीता बढाउने पहलहरूलाई पनि समर्थन गर्ने तथा निजी क्षेत्रको नेतृत्वमा भएको वृद्धिलाई सहयोग पुर्याउन वित्तीय क्षेत्रको कार्यशैली सुधार गर्न मद्दत पुग्ने विश्व बैंकले उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण