रौतहटमा सवारीसाधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
शुक्रबार, ११ चैत २०७८, १२ : १३
पूर्व पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–२ मा बिहीबार राति नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदलयात्री अन्दाजी ६० वर्षिय पुरुष रहेका छन् ।
उनको उपचारको क्रममा निजगढ सामुदायिक अस्पतालमा आज बिहान पौने ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन बाँकी रहेको छ । गएराती पौने १ बजे नम्बर नखुलेको सवारी साधनले उनलाई ठक्कर दिई फरार भएको हो ।
दुर्घटना गराई फरार रहेको सवारी साधन र चालकको खोजीकार्य भैरहेको ईलाका प्रहरी कार्यालय चपुर रौतहटले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण